0
गण्डकी हाई टेक प्रा.लि. पोखरा–१ बगरले आजदेखि निःशुल्क तालिम संचालन गर्दैछ । विगत तीन वर्षदेखि विभिन्न व्यवसायिक तालिम प्रदान गर्दै आइरहेको संस्थाले स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर उक्त तालिम सञ्चालन गरेको हो ।  संस्थाले निःशुल्क तालिम अन्तरगत कम्प्युटरतर्फ, वेसिक डिप्लोमा र ग्राफिक्स डिजाइनिङ रहेका छन् । यसैगरी व्यक्तित्व तथा नृतृत्व विकासका लागि उद्घोषण कला, रेडियो प्रस्तोता र समाचार लेखन विषयमा तालिम प्रदान गर्ने भएको छ । लिखित परिक्षा र अन्तर्वार्ताबाट छनौट गरिएका प्रशिक्षार्र्थीहरुलाई उक्त कोर्ष पूरा गर्नका लागि कुनै शुल्क तिर्न नपर्ने संस्थाले जनाएको छ । ग्रामीण भेकबाट उच्च शिक्षा लिनका लागि शहरमा आई बसेका र न्यून  आयस्तर भएका विद्यार्थीलाई लक्षित गरेर उक्त तालिम सञ्चालन गर्न लागिएको प्रा.लि.का प्रबन्धक अनु बरालले बताइन् ।

Post a Comment

 
Top