0

पार्किङ शुल्क र स्थानको बिषयलाई लिएर पोखरा उपमहानगरपालिका बिरुद्ध आन्दोलनमा उत्रिएका यातायात ब्यबशायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन् । ५ दिन भित्र समस्या समाधान गर्ने गरी कार्यदल गठन भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको गण्डकी धौलागिरी अञ्चल सार्बजनिक यातायात व्यवसायी समन्वय समितीका संयोजक वसन्त प्रधानले बताएका छन् । अहिले कायम रहेको पार्किङ ब्यबस्थामा पुनराबलोकन गर्ने गरी कार्यदल गठन गरिएकाले हिजो बिहान साढे १० बजेपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न ब्यबशायी सहमत भएका हुन् । पोखरा उपमहानगरपालिकाका, यातायात व्यवशायी, यातायात मजदुर, पोखरा उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र ट्राफिक प्रहरी सदस्य रहेको कार्यदलले ५ दिन भित्र पार्किङ शुल्क र स्थानको बारेमा सुझाब पेश गर्ने गरी कार्यदल गठन भएको हो । कार्यदलले ल्याएको सुझावलाई सम्बन्धित सबै पक्षको बिचमा छलफल गराई अनुमोदन गरेपछि मात्रै लागु गरिने प्रधानले बताएका छन् । कार्यदललाई सुझाब पेश गर्न दिईएको समय पाच दिन सम्म पोखरामा कुनैपनि सार्बजनिक सवारीसँग पार्किङ शुल्क नलिने समेत सहमति भएको छ । कार्यदलको सुझाब यातायात ब्यबशायीको हितमा नआए पुन आन्दोलन गरी नगरपालिकाको पार्किङ ठेक्का सम्झौतानै रघ गर्न बाध्य पार्ने प्रधानले चेतावनी दिएका छन् । पोखरा नगर क्षेत्रमा पार्किङको नयाँ प्राबधान प्रति असन्तुष्टी जनाउदै यातायात ब्यबशायीले हिजो बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म ५ घण्टा सबै सार्वजनिक सवारी सडकको दुबै तर्फ पार्किङ गरी शुल्क तिर्ने बताएका थिए । हिजो बिहान ९ बजेदेखि झण्डै एक घण्टा तथा आईतवार ४ घण्टा सार्वजनिक यातायात नचल्दा यात्रुहरुले सास्ती खेप्नु परेको थियो । पोखरा उपमहानगरपालिकाले पार्किङको लागि नाईस नेपाल कन्स्ट्रक्सन कम्पनीसंग २० महिनाको लागि एक करोड १७ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७३ असार सम्म पार्किङ ब्यबस्थापनको जिम्मेवारी लिएको कन्स्ट्रक्सनले सार्बजनिक यातायातसंग हरेक स्टेशनमा पार्किङ शुल्क लिन थालेपछि यातायात व्यवसायी आन्दोलित भएका थिए ।

Post a Comment

 
Top