0
सेकुवा ब्राण्डमा आफ्नो छुट्टै पहिचान बनाएको बाजेको सेकुवाले पोखरामा नयाँ वर्ष विशेष सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । पोखरास्थित नागढुङ्गामा रहेको आफ्नो प्राङगणमा आगामी पौष १५ गते साँझ आमपोखरेलीलाई सङ्गीतमय बनाउने भएको हो ।
सुगम संङगितमा बेग्लै उत्कृष्ठता हासिल गरेका गायक रामभक्त जोजिजु र उनकी पत्नी ईतु जोजिजुले उक्त दिन बाजेको सेकुवालाई संगितमय बनाउनेछन् । बाजेको सेकुवाको ब्राण्डमा पोखरामा आफ्नो सेवा सुचारु गरेको नौ महिना अवधिमा पहिलोपटक रेष्टुरेण्टमा चर्चित गायक जोजिजु सहितका अन्य कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । “उडेर जुन छुन्छु भन्थे...”जस्ता दर्जनौ मार्मिक गित तथा गजलमा स्वर दिएका जोजिजुले बाजेको सेकुवामा हुने उक्त कार्यक्रममा दर्जन बढि गीतसंगीत एकल तथा पत्नी ईतुका साथ युगल प्रस्तुति दिनेछन् । यसअघि “विश्वकप हेरौं बाजेको सेकुवाका साथमा” भन्ने उद्घोषका साथ आमपोखरेली ग्राहकको ध्यान खिचेकोे बाजेको सेकुवाले “नयाँ वर्ष विशेष बाजेको सेकुवा साँस्कृतिक साँझ” टाईटलमा कार्यक्रम आयोजना गरीएको संञ्चालक एकराज गिरीले जानकारी दिए । पोखरेली तथा स्थानीय पर्यटकका लागि नयाँ वर्ष सम्झन योग्य बनाउनका लागि कार्यक्रम आयोजना गरिएको पनि उनले बताए ।  “सबैले नयाँ वर्ष लेकसाईडमै गएर मनाउनुपर्छ भन्नेहहरुका लागि १५ गते हुने सांस्कृतिक साँझ नौलो र लेकसाईडमा हुने विविध सांस्कृतिक कार्यक्रम जतिकै उत्कृष्ट बनाउनेछांै ।”–गिरीको दावी छ ।
विगत ३३ वर्षदेखि राजधानीका ६ स्थानमा सेवा प्रदान गर्दै आएको बाजेको सेकुवाले गत चैत ३१ गतेदेखि पोखरामा विधिवत सेवा प्रारम्भ गरेको थियो । सेवा प्रारम्भपछि पोखरामा बाजेको सेकुवाले राजधानी भन्दा पृथक सेवाका रुपमा होटल संञ्चालन समेत गर्दै आएको छ ।

Post a Comment

 
Top