0
नेपाल हक्की संघकोे आयोजना तथा कास्की जिल्ला हक्की संघको ब्यवस्थापनमा पोखरामा जारी राष्ट्रिय हक्की प्रतियोगितामा आइतबारबाट सेमिफाइनलका खेलहरु सुरु हुने भएका छन् । प्रतियोगिताको सेमिफाइनलमा सुदूरपश्चिमाञ्चल, मध्यमाञ्चल, पूर्वाञ्चल र नेपाल आर्मी सेमिफाइनल प्रवेश गरेका छन् । पोखराको नदीपुर स्थित नगरविकास प्रशिक्षण केन्द्रको खेल मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई ७–० गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । सुदूरपश्चिमाञ्चलको जितमा कन्तुराम पनेरुले २, केशव जोशी, धिरेन चन्द, रामबहादुर विष् र विराज शाहले एक÷एक गोलको योगदान दिए । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चलले ५–१ गोल अन्र्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । मध्यमाञ्चलको जितमा अंकित पाठकले २ गोल गोविन्द अधिकारी, सोम मागर, हरजिन्द्र सिंहले एक÷एक गोल गर्नुभयो । प्रतियोगितामा अयअधि आर्मी र मध्यमाञ्चल सेमिफाइनल पुगिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार पहिलो सेमिफाइनल खेल नेपाल आर्मी र पूर्वाञ्चल बीच हुने छ  भने दोस्रो सेमिफाइनल खेल मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चल बीच हुने प्रतियोगिता संयोजक दानबहादुर बस्नेतले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित पुस ८ गतेसम्म संचालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र नेपाली सेनाको एक टिमसहित ६ टिमले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा विजेता टिमले ५० हजार, ट्रफि र प्रमाणत्र, उपविजेताले ३० हजार, ट्रफि र प्रमाणत्र, तेस्रोले २० हजार, ट्रफि र प्रमाणपत्र तथा सान्त्वनाले १० हजार ट्रफि र प्रमाणत्र प्राप्त गर्ने छन् । नेपालमा हक्की खेल करिव चार दशक अधि भित्रिएको भएपनि दोस्रो राष्टिय खेलकुद महोत्सव २०४० र २०६८ सालमा मात्रै गरि राष्ट्रिय हक्की प्रतियोगिता भएको थियो ।

Post a Comment

 
Top