0
नेपालकै उत्कृष्ट सम्पदामा पर्ने फेवाताल किनारमा अवस्थित कोमागाने पार्क राज्यका निकायहरुको अकर्मण्यताका कारण हाल आएर वेवारिसे भै सवारी साधनको क्याम्पिङ एवं पार्किङस्थल, फुटबल मैदान र भोजभतेर लगायतका फोहोरमैलाको डम्पिङस्थलमा परिणत भएकोमा नागरिक समाज पोखराले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । संयोजक एवं सम्पदा संरक्षण अभियन्ता रामबहादुर पौडेलद्वबारा हस्ताक्षरित उक्त विज्ञप्तिमा जापानको कोमागाने सहर र पोखराबीच भगिनी सम्बन्ध स्थापना भै व्यवस्थित र रमणीय पार्क निर्माण गर्ने सम्झौता समेत भएकोमा दुवै नगरका जनताबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा सम्झौता भएको र अन्तर्राष्ट्रिय स्तरका ऐतिहासिक महत्व राख्ने प्रस्तर मूर्तिहरु समेत रहेको उक्त स्थानलाई राष्ट्रिय महत्व झल्काउने मौलिक एवं रमणीय पार्क बनाउनु पर्नेमा अवैध कृयाकलापहरुलाई शुल्क असुल गरी अनुमति दिने प्रचलनले सम्पदा संरक्षणमा जटिलता पैदा गर्नुका साथै वातावरण प्रदूषण, अराजकता, एकाधिकारवाद र दण्डहिनता समेत मौलाउँदै जान्छ भनिएको छ । विज्ञप्ति मार्फत् आपत्कालिन अवस्था बाहेक सवारी साधन प्रवेश निषेध गरी भत्केका संरचना तत्काल निर्माण गर्नुका साथै नष्ट गरिएका विरुवाका ठाउँमा वृक्षारोपण एवं प्रस्तर मूर्तिहरुको उचित व्यवस्थापन र संरक्षणका लागि स्थानीय प्रशासनसँग जोडदार माग गरिएको छ ।

Post a Comment

 
Top