0
नेपाल टे«ड युनियन महासंघ ९जिफण्ट० गण्डकी–धौलागिरिको अगुवा कार्यकर्ता भेला शनिबार पोखरामा सम्पन्न भयो । भेलामा प्रशिक्षण दिदै जिफण्ट अध्यक्ष विष्णु रिमालले अब बन्ने संविधानमा श्रमिकको हकहित सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले समतामूलक वितरण प्रणाली हुनुपर्नेमा जोड दिदै प्रतिफल, दीगोपन र सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताए । उनले मुख्यतः पाँच विषयहरु स्वतन्त्रता, ज्याला, सुरक्षा, संवाद र उत्पादकत्वमा जोड दिदै श्रमिकको हकहितको पक्षमा जिफण्ट सदैव लडिरहने प्रतिबद्धता व्यक्त गरे । उनले माघ ८ मै संविधान जारी गर्ने विषयमा विद्यमान नियम निलम्बन तथा दलहरुबीचको सहमति र सहकार्य आवश्यक रहेको बताए ।
जिफण्टको स्थापनादेखि निरन्तर विभिन्न पदमा रही लामो अनुभव हासिल गरेका रिजाल एमाले पोलिट्ब्यूरो सदस्यसमेत हुन् । उनले विभिन्न देशमा आफ्नो भ्रमणको प्रसंग जोड्दै जिफण्टमा सदस्यता विस्तार तथा लेवी संकलनलगायतका विषयमा भेलामा सहभागी जिफण्ट तथा जिफण्ट आबद्ध घटकका अगुवा कार्यकर्ता लाई प्रशिक्षण दिएका थिए । भेलामा जिफण्टका उपाध्यक्ष हरिदत्त जोशी, सभासद चुडामणि जंगलीले पनि आफ्नो सम्बोधनमा सामाजिक सुरक्षा ऐन कानुन मन्त्रालयमा गएर अड्किएको भन्दै तत्काल श्रमिकको हितमा लागू गर्नुपर्नेमा जोड दिए ।
“रुपान्तरण ः श्रम शक्तिको विकासबाट” भन्ने नाराका साथ भएको भेला जिफण्ट गण्डकी–धौलागिरि अध्यक्ष मीना गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत उपाध्यक्ष रुद्र खत्रीले गरेका थिए ।

Post a Comment

 
Top