0
पोखरामा प्रथमपटक क्षेत्रीय मानवअधिकार महाभेला हुने भएको छ । ६६औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ३६५ दिन मानवअधिकार, घरघरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने राष्ट्रिय नाराका साथ २०७१ मङसिर २२ गतेदेखि २४ गतेसम्म तीन दिवसीय विविध कार्यक्रमका साथ महाभोला आयोजना गरिने भएको हो । महाभेला सम्पन्न गर्न राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ भने शान्तिका लागि नागरिक समाजको सञ्जालको संयोजकत्वमा पश्चिमाञ्चल क्षेत्रीय मानव अधिकार महाभेला आयोजक समिति गठन भएको छ ।
हरेक वर्ष १० डिसेम्बरका दिन विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रुपमा मनाईने गरिन्छ । विगतका वर्षहरुमा आ–आफ्नै तरीकाले कार्यक्रमहरु आयोजना गरी मनाउने प्रचलन रहेकोमा यसपटक विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमको बारेमा मङसिर २१ गते एक पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रम बारे सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले सरकारी, गैरसरकारी संस्था र नागरिक समाजको कार्यक्रमलाई एकीकृत गरी मानवअधिकारको संरक्षणमा साझा दायित्व बहन गर्ने उद्देश्यले महाभेला कार्यक्रम आयोजना गरिएको बताए । उनले अधिकारप्रतिको सचेतना र कर्तव्यप्रति जागरुकता ल्याए मानवअधिकार संस्कृतिको विकास गर्न कार्यक्रमले टेवा पु¥याउने उल्लेख गर्दै मानव अधिकारलाई विकास र शासनसँग जोडेर हेर्नु पर्ने बताए ।
पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका विभिन्न सरकारी निकाय, मानवअधिकारकर्मी, नागरिक समाज लगायतको सहभागीता रहने उक्त कार्यक्रमको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ । कार्यक्रम अन्तर्गत मङसिर २२ गते विहान मानवअधिकारचोक चिप्लेढुङ्गामा रक्तदान तथा स्टीकर वितरण, विभिन्न विद्यालयहरुमा मानवअधिकार तथा बालअधिकार विषयक सचेतना कार्यक्रम, मङसिर २३ गते होटेल लिगेसी मुस्ताङ चोकमा पश्चिमाञ्चलमा बालअधिकारको वर्तमान अवस्था र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया, मङसिर २४ गते मानवअधिकारचोक चिप्लेढुङ्गा बाट प्रभातफेरी शुरु भइ सभागृहचोकमा महाभेला तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा सम्मान कार्यक्रम रहेका छन् । कार्यक्रममा राष्टिूय मानवअधिकार आयोग पोखराका निर्देशक तथा मुल समारोह समितिका संयोजक डा.टीकाराम पोखरेलले मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्न राज्यबाट मात्र सम्भव नभएकाले सबै सरोकारवाला निकायको सहयोग र समन्वयको खाँचो रहेको बताए ।
शान्तिका लागि नागरिक समाजका संयोजक रामप्रसाद सुवेदीले मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्न आम नागरिकमा सन्देश प्रवाह गर्ने उद्देश्यले महाभेला आयोजना गरिएको सफल पार्न सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका हुने बताए ।

Post a Comment

 
Top