पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकको ३ करोड २० लाख बराबरका ३ लाख २० हजार कित्ता बोनश शेयर नेपाल धितोपत्र वोर्डमा दर्ता पश्चात् नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । अब यस बैंकको बोनश शेयर समेत नेपाल स्टक एक्सचेन्जबाट कारोबार गर्न सकिने भएको छ । यो समेत बैंकको कुल ३५ लाख २० हजार कित्ता सूचीकृत भएको छ । बैंकले अहिलेसम्म आफ्ना शेयरधनिहरुलाई कुल ८३ प्रतिशत प्रतिफल प्रदान गरिसकेको छ । चालु आवको यस अवधिसम्ममा सम्ममा बैंकले करिव ३ अर्ब ५५ करोड निक्षेप संकलन र रु। ३ अर्व १६ करोड कर्जा लगानी गर्न सफल भएको छ । यस अवधिमा करिव ४ करोड ५० लाख संचालन मुनाफा आर्जन गरेको छ । यस अवधि बैंकको निष्कृय कर्जा अनुपात न्यून रहनुका साथै कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र कायम राखेको छ । बैंकले आफ्नो कार्य क्षेत्र भित्रका २१ स्थानवाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आधुनिक बैंकिङ्ग सुविधामा जोड दिंदै आएको यस बैंकले मोवाईल बैकिङ्ग सुविधाका साथै केन्द्रीय कार्यालय पोखरा र शाखा कार्यालय नारायणगढबाट आफ्नै एटीएम मेशिनवाट सेवा प्रदान गर्दे आईरहेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Home
»
Flash
»
उद्योग-ब्यापार
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» गण्डकी विकास बैंकको शेयर सूचिकृत
Subscribe to:
Post Comments (Atom)
Post a Comment