0
पोखरा ८ सिमलचौरस्थित पिसजोन एकेडेमीले आफ्नो वार्षिक कार्यतालिका अनुसार मंसिर २८ गते आइतबारबाट पुस ४ गते शुक्रबारसम्म सामाजिक शिक्षा सप्ताह आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आइतबार धार्मिक सहिष्णुता सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो भने अन्य दिनहरुमा बगैंचा व्यवस्थापन, टोल सफाई कार्यक्रम, वृद्धाश्रम अवलोकन भ्रमण, जातीय भेषभूषा प्रतियोगिता र विद्यालयकै कक्षा ९ का विद्यार्थीहरु अनमोल बराल, अभिषेक नेपाली तथा सिम्रन थापाद्वारा निर्मित वृत्तचित्र प्रदर्शनी लगायतका कार्यक्रमहरु रहेको विद्यालयका प्राचार्य सुरेन्द्र शर्मा दाहालले बताए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले सामाजिक शिक्षाको महत्व बारे जानकारी गराउँदै विद्यार्थीहरुलाई किताबी शिक्षाको अलावा नैतिक तथा चारित्रिक शिक्षा पनि अपरिहार्य रहेको बताए । कार्यक्रमको दोस्रो दिन सोमवार बगैंचा व्यवस्थापन कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

Post a Comment

 
Top