0

नेवा मिसा पुचः कास्कीले यही पुष ५ गते झ्व भ्वयः (नेवारी साँस्कृतिक भोज) गर्ने भएको छ । मिसा पुचःका अध्यक्ष शान्ति उदासका अनुसार संस्कृतिको सम्र्वद्धन र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । ‘नेवा क्षेः भिमसेन टोलमा आयोजना गर्न लागिएको नेवारी सांस्कृतिक भोजको सम्पूर्ण तयारी पूरा भएको छ, ’संयोजक मोहिनी श्रेष्ठले भने,‘यसले विभिन्न जातजाती र समुदाय विचमा संस्कृति आदान प्रदान गर्न सहयोग पु¥याउने छ भन्ने ठानेका छौं । ’ नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यस्ता कार्यक्रमले पोखराको पर्यटन व्यवसायको सम्बृद्धिमा पनि टेवा पु¥याउने बताए । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार यो विशेष प्रकारको भोज हो, जहाँ सुकुलमा लहरै बसेर विशेष प्रकारले तयार पारिएको सालको टपरीमा विभिन्न परिकार राखि सहभागिलाई खुवाइन्छ । प्रति व्यक्ति ६ सय को टिकट राखिएको भोजको टिकट विक्रि भइसकेको अर्थ संयोजक शान्ति प्रधानाङ्गले जानकारी दिए ।

Post a Comment

 
Top