0
नेपाली साहित्यका धरोहर कवि शिरोमणि लेखनाथ पौडेलको १३१आंै जन्म जयन्तीका अवसरमा साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान गरिएको छ । कविको जन्मस्थल लेखनाथको अर्घौं अर्चलेमा आयोजित मूल समारोहमा प्रश्रितलाई सम्मान गरिएको हो । उक्त अवसरमा नवर्निर्मित संग्रहालयको उद्घाटन गर्दै सम्मानित स्रष्टा प्रश्रितले लेखनाथको जीवनका वैद्धिक प्रसंगहरु उल्लेख गर्दै पिजराको सुगाको पीडा आफूले पनि सात आठ वर्ष जेल बस्दा भोगेको अनुभव व्यक्त गरे । उनले देशमा त्यागमय राजनीति भएमा समयमानै संविधान वन्ने ठोकुवा समेत गरे । कार्यक्रममा आफूलाई गरिएको प्रशंसाबाट पे्ररित भई अझै रचनात्मक ढंगले अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।
जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले गीत तथा शब्दद्वारा स्वागत गरेका थिए । त्रिद्विवसीय रुपमा आयोजित कार्यक्रको अन्तिम दिनमा मंगलवार प्रावि स्तरीय कविता वाचनमा उत्कृष्ट विद्यार्थीहरु कृष्टि लामिछाने मनिका त्रिपाठी, मनिष विक तथा खुशि विक त्यसै गरी वयष्क तर्फको कवितामा उत्कृष्ट प्रवेश पौडेल, विन्दु धमला, समिक्षा त्रिपाठीलाई पुरस्कृत गरिएको थियो । यसैगरी मधुमाया ढकाल छात्रवृत्तिबाट जनज्योति उमाविकी विजया गौतम र सुदर्शन भण्डारी, चन्द्रकात ढकाल छात्रवृत्तिबाट ब्रम्हरुपा उमाविका मदन वाग्ले तथा न्यू लाईट उमाविबाट एसएलसी उत्तीर्ण विशाल पौडेल पुरस्कृत भएका थिए भने फणिन्द्र कुमारी ढकाल छात्रवृत्तिवाट लक्ष्मी आर्दश उमाविवाट एसएलसी उत्तीर्ण प्रदिप पौडेल पुरस्कृत भएका थिए । यस्तै कार्यक्रममा लेखनाथ साहित्य पुरस्कार तथा कुन्तीदेवी शिक्षा पुरस्कारको अक्षयकोषमा इश्वरी भट्टराईबाट एक लाख तथा सरदशशि पौडेलबाट रु.पचास हजार थप गरी दश लाख पु¥याइएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर विजयनाथ भट्टराई, प्राज्ञ हरिदेवी कोइराला, लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरी, इ.वसन्तमोहन भट्टराई, खडानन्द लामिछाने लगायतले बोलेका थिए । कविता प्रतियोगिताका विजयी तथा स्थानीय साहित्य प्रेमीहरुले कविता वाचन समेत गरेको उक्त कार्यक्रम प्रतिष्ठानका सचिव कृष्ण प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top