0
पोखरामा सम्पन्न तेस्रो शिवम सिमेन्ट लिटिल च्याम्पको उपाधि विपिका कायस्थले जितेकी छन् । पोखराको प्रतिभा उच्च माविमा कक्षा ५ मा अध्ययनरत कायस्थले अन्य प्रतियोगिलाई पछि पार्दै उपाधि जितेकी हुन् । उनले उपाधि सहित नगद विस हजार रुपैयाँ र अन्य गिफ्ट ह्याम्पर जितेकी हुन् । त्यसै गरि फस्ट रनरअफ कुमुदिनी होस्सको कक्षा ४ मा अध्ययनरत सम्यमं मल्ल, सेकेन्ड रनरअफ प्रतिभा उच्च मावि कक्षा ५ मा अध्ययरत नियुक्ति केसी र भ्युवर च्वाइस माउण्ट अन्नपूर्ण कक्षा तीनमा अध्ययनरत याङ्गजीना लामाले उपाधि जिते । उनीहरुले नगद र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । प्रथा मल्टिप्रपोज सर्भिसेस प्रालिले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले लिटिल च्याम्पको तेस्रो संस्करण गरेको थियो । मंसिर ६ गते सुरु गरिएको अडिसनमा आएका ५० बालबालिकाबाट २२ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । प्रतिस्पर्धी २२ जनामध्ये १७ जना बालिका र ५ जना बालक थिए । पोखराभित्रकै ९ वटा विद्यालयका बालबालिका प्रतियोगितामा सामेल भएका थिए । पोखरा चिप्लेढुंगाको क्याफे डी गार्डेनमा उनीहरुको तालिम लिएका थिए । शिवम् सिमेन्ट लिटिल च्याम्प २०१४ को व्यवस्थापन टिम ब्लु कार्पेट’ले गरेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक शिवम् सिमेन्ट हो । प्रतियोगितामा मुख्य उपाधि लिटिल च्याम्प २०१४ सहित २२ विधामा पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेतालाई शिवम् सिमेन्ट प्रतिनिधि निखिल अग्रवाल, आयोजक संस्था प्रथाकी प्रबन्ध निर्देशक शारदा गुरुङ, आर यमसि पोखराका सन्चालक अजुर्न थापा लगायतले नगद तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । सोहि अवसरमा समाज सेवी नारायण गुरुङ्गलाई सम्मान गरिएको थियो ।
प्रतियोगिता गरी लेखनाथ–१३ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा खानेपानी र सौर्य विद्युत जडान गर्ने लक्ष्य राखेको संस्था प्रथाले प्रतियोगिता सम्पन्न हुनुअघि नै वृद्धाश्रममा उक्त सुविधा प्रदान गरिसकेको छ । २ सय मिटर टाढाको मूलबाट पाइपमा पानी ल्याएर धारा जोडिसकेको र सोलार बिजुली जडान गरिसकेको बताइन् । लिटिल च्याम्प आयोजकले यसअघि प्रथम संस्करणमा पोखरा–१२ ढिकाले थरको सरस्वती प्राविलाई डेस्क बेन्च र दोस्रो संस्करणमा एचआइभी संक्रमित एकल महिलाहरुको संस्था आँकुरालाई बाख्राका २६ वटा पाठापाठी हस्तान्तरण गरेको थियो । लिटिल च्याम्प २०१४ लाई फोर्स कन्स्ट्रक्सन एन्ड एसोसियट्स प्रालि, ए एन्ड ए एडिटिभ्स एन्ड एलाइड इन्डष्ट्रिज, पोखरा एभरेस्ट टे«ड एन्ड हाउजिङ प्रालि, सेभेन लेक्स आरएमसी हाउजिङ प्रालि, गण्डकी क्रसर उद्योग व्यवसायी संघले प्रायोजन गरी सहयोग गरेका छन् ।

Post a Comment

 
Top