0

विधान सूचना केन्द्र, गण्डकी पोखराको आयोजनामा लमजुुङ्ग जिल्लाको वेशीसहरमा संविधान निर्माणका सवालमा नागरिक सचेतना र सम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले माघ ८ गते भित्र नै जनताको अधिकार सुनिश्चित भएको संविधान बन्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा अधिवक्ता मिलन श्रेष्ठले संविधानका विवादित विषयहरु राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । नेपाल कानून समाजका सदस्य तथा उप प्राध्यापक श्रेष्ठले राजनीतिक नेताहरुले संविधान राजनीतिक सहमतिको दस्तावेज, कानून व्यवसायीहरुले कानूनी दस्तावेज, समाजशास्त्रीले संविधान सबैको साझा र सबै जनताले मेरो हाम्रो संविधान हो भन्ने अपनत्व हुन सक्नुपर्ने बताए ।
एनेकपा माओवादीका प्रतिनिधि हरिजंग तामाङ्गले आन्दोलनको मर्म, विस्तृत शान्ति सम्झौता, आदिवासी जनजाति आन्दोेलन, मधेश आन्दोलनको भावना र सबै जातजाति, भाषाभाषी, वर्ग, लिङ्ग, क्षेत्रको अधिकारपूर्ण संघीय लोकतान्त्रिक संविधान आवश्यक रहेको बताए । नेकपा माओवादीका विजय गुरुङ्गले दलहरु आफ्नै दम्फू बजाउन व्यस्त भएकाले संविधान सभाबाट वास्तविक जनताको अग्रगामी संविधान बन्न नसक्ने ठोकूवा गरे । राप्रपा नेपालका रामबहादुर थापाले अधिकांश जनताको भावना र मर्म विपरितका विवादित विषयहरुमा जनमत संग्रहबाट विवादित विषयहरुको टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।  संघीय समाजवादी नेपालका बलवहादुर रानामगरले बहुसंख्यक जातिहरुको पहिचानमा आधारित संघीय राज्य निमार्ण हुनुपर्ने बताए । अखण्ड नेपाल पार्टीका ठाकुर प्रसाद बरालले सबै नेपालीको भावना समेटिने संविधान र राजनीतिक नेतृत्वमा इमानदारिता हुनेहो भने जति र जत्रो संविधान बनाएपनि केही फरक नपर्ने बताए ।  पत्रकार नवराज पहारीले सकेसम्म सहमति गर्ने र सहमतिनै हुन नसके प्रक्रियामा गएर भएनि सविधान ल्याएर अहिलेको अन्यौलतावाट निकास दिनुपर्ने बताए ।
कार्यक्रममा संविधान सूचना केन्द्र गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङ्गले कार्यक्रमको स्वागत तथा उद्देश्यमाथि आफ्नो प्रस्तुति राख्दै अहिलेको संविधानसभा बाटै आम जनताको चाहना बमोजिमको संविधान प्राप्तिको लागि सबै राजनीतिक दलहरु संविधान निमार्ण प्रति गम्भिर हुनुपर्नेमा जोड दिइन । उनले  विवादित विषयमा लचकताका साथ विवादित विषय अन्त्य गरेर समयमै संविधान निमार्णको दिशामा अगाडि बढनुपर्ने बताइन । कार्यक्रममा बाम्हण समाजका शालिग्राम अधिकारी, नेपाल तामाङ्ग घेदुङ्गका, इमानसिंह तामाङ्ग, नरेन्द्र गुरुङ्ग, पत्रकार बहादुर थापा, देवराज तामाङ्ग, अवियूका शेस घले, बालचन्द्र सुवेदी लगायतले आफ्नो भनाई राखेका थिए । आदिवासी जनताति महासंघ लम्जुङ्गका अध्यक्ष खेमजङ्ग गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम संचालन केन्द्रका अधिकृत विशाल रानामगरले गरेका थिए ।

Post a Comment

 
Top