0
पश्चिम पृतना (विजयपुर व्यारेक) को आयोजनामा आज मंगलबारदेखि पश्चिम पृतना दोश्रो खुल्ला ह्याण्डवल रनिङ शिल्ड प्रतियोगिता २०७१ सुरु भएको छ ।
नेपाल ह्याण्डवल संघ तथा कास्की जिल्ला ह्याण्डवल संघको प्राविधिक सहयोगमा मंगलवार भएको उद्घाटन खेल सहित खर्को खेलमा जित हासिल गरेको डिफेण्डीङ च्याम्पीयन पश्चिमाञ्चल (हिमालयन क्लव) सेमिफाईनलमा प्रबेस गरेको छ । उद्घाटन खेलमा पश्चिमाञ्चलले नेपाल आर्मीको निलो समुहलाई १८ को बिरुद्ध ३८ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने अर्काे खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलको टोलीमाथी ५ को बिरुद्ध ४२ को भारी गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो । पश्चिमाञ्चलको पहिलो खेलको जितमा बासु गुरुङले १२ गोलको योगदान दिएभने आर्मीका दिपेन्द्र राईले ९ गोल गरेका हुन । अर्को खेलमा पश्चिमाञ्चलको जितमा बासु गुरुङ्गले ८ र दिनेश श्रेष्ठले ६ गोलको योगदान दिए । दोश्रो खेलमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले पूर्वाञ्चलको उदयपुर माथी ३६—१४ गोल अन्तरले जित निकाल्यो । एपिएफका मनोज ठगुन्नाले ९ र राम तिमल्सिनाले ८ गोल गरे  । पूर्वाञ्चलका चन्द्र के.सी.ले भने १० गोल गरे ।
यस अघि पश्चिम पृतनाका पृतनापति पद्म विलास कार्कीले रेफ्रि श्यामराज सिंहलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन । लिगकम नकाउनका आधारमा यही पुष ४ गतेसम्म संचालन हुने प्रतियोगितामा आर्मीको दुई, पश्चिमाञ्चल, मध्यमाञ्चल, सशस्त्र प्रहरी वल (एपिएफ) र पुर्वाञ्चल गरुी ६ टिमको सहभागिता रहेको नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष तेज बहादुर गुरुङले बताए । विजेतालाई उपाधि सहित ६० हजार, उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई १५ हजारको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरीने भएको छ। प्रतियोगितमा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । दुई बर्ष अघि आयोजना भएको सो प्रतियोगितामा पश्चिमाञ्चलको टीम प्रथम भएको थियो । यस पाली समेत राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानीमा पश्चिमाञ्चलको तर्फबाट हिमालय क्लव बाटुलेचतौर सहभागि भएको छ । पश्चिमाञ्चलको तर्फबाट टिमलाई खासै सहयोग नभएको कारण आफुहरु हिमालय क्लवबाट खेल्न लागेको बस्नेतले बताए । 

Post a Comment

 
Top