0
लुम्ले पोखरा देवकोटा समाज पोखराको सम्मान कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराका डिएसपी टिकाराम देवकोटाको प्रमुख अतिथि र समाजका अध्यक्ष कृतिनाथ देवकोटा अध्यक्ष रहेका थिए । लुम्ले गाविसमा जन्म भई पोखरामा आई अध्ययन पेशा व्यवसाय तथा वसाई सराई गरी बस्दै आएका देवकोटा वन्धुहरु एक आपसमा भाईचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको थियो । विगत ८ वर्ष देखि निरन्तर समाजले एस एलसी परीक्षामा उत्तीर्ण समाजका हरेक सन्ततिलाई र संगम मा वि चन्द्रकोट लुम्ले कास्कीवाट उत्कृट हुने छात्र÷छात्रालाई सम्मान गदै आईरहेको छ । यसैगरी समाजमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई समाजले देवकोटा सम्मान वर्षबाट सम्मान गदै आईरहेको छ ।
सोही अनुरुप यस वर्ष सगम मावि चन्द्रकोटबाट उत्कृष्ट हुने छात्र÷छात्रा क्रमशः दीपक देवकोटा र सुष्मिता सुनार सम्मानित भएका थिए । त्यस्तै सर्वाेकृष्ट छात्रमा उज्वल देवकाटा सम्मानित भएका थिए  र उत्तीर्ण भएका विद्यार्थीहरु सागर देवकोटा र सरस्वती देवकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै डिएसपी देवकोटाले समाजमा यस्ता खाले सम्मानले भावि सन्ततीलाई पनि हौशला हुने हुनाले अझ खोजी गरि प्रोत्साहन दिंदै जानुपर्नेमा जोड दिए । कार्यक्रममा सम्मानित व्यक्तित्व खिमलाल देवकोटा, देवकोटा वन्धु समाज नेपालका वरिष्ठ उपाध्यक्ष शालिग्राम देवकोटा, देवकोटा वन्धु समाज नेपालका सचिव लक्ष्मीनारायण देवकोटा, देवकोटा वन्धु समाज नेपालका कोषाध्यक्ष लक्ष्मी शर्मा देवकोटा, भरत देवकोटा, इमनाथ देवकोटा, चूडामणि देवकोटा, उज्जवल देवकोटा, सुष्मिता सुनार लगायतले आ–आप्mनो भनाइ राखेका थिए ।

Post a Comment

 
Top