जापान भ्रमणका जान लागेका नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं गोल्डेन न्यूज दैनिककको प्रकाशन संस्था सुनौलो पव्लिकेशनका कार्यकारी अध्यक्ष गङ्गाधर पराजुलीलाई पोखराबाट आइतबार बिदाई गरिएको छ । नेपाल प्रेस युनियन कास्कीले आइतबार एक कार्यक्रम आयोजना गरी उनलाई बिदाई गरेको हो । कार्यक्रममा पोखराका अग्रज र युवा पत्रकारहरुले उनलाई खादा र माला लगाइदिएर बिदाई गरेका थिए । उनी आइतबार राजधानी प्रस्थान गरेका छन् भने मङ्गलबार जापानका लागि प्रस्थान गर्ने छन् । उनी जनवरी १२ सम्म जापानमा रहने छन् । जापानस्थित हेप्पी साइन्स नामक संस्थाका सदस्य आचुसी सिवाताको निमन्त्रणामा उनी जापान जान लागेका हुन् । प्रेम, प्राज्ञ, आत्मचिन्तन र उन्नतीका लागि काम गर्ने सो संस्थाले विश्वका धेरै राष्ट्रहरुमा आफ्नो शाखा विस्तार गरि सकेको छ । भ्रमणका क्रममा उनले हेप्पी साइन्स संस्थाको निको नासुसोझा, हामानाको, नागोया शाखा सहित नागोया, टोकियो, उत्सोनोमिया लगायतका स्थानहरुको भ्रमण गर्ने बताइएको छ । त्यसैगरी जापान बसाईका क्रममा उनले जापान स्थित नेपाली पत्रकार, नेपाली काग्रेस जनसम्पर्क समिति, जापान–पोखरा सम्पर्क समाज र पोखरासँग भगिनी सम्बन्ध रहेको कोमागाने नगरका प्रतिनिधिहरुसँग पनि भेटघाट गर्ने छन् । बिदाई कार्यक्रममा बोल्दै अग्रज पत्रकार माधव शर्मा र नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति रामकृष्ण ज्ञवालीले पराजुलीले जापान भ्रमणसँगै त्यहाँको पत्रकारिताकाबाट सिक्नुपर्ने विषयहरु सिकेर आउँने र त्यसबाट समग्र नेपाली पत्रकारिता लाभान्वित हुने विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» केन्द्रीय उपाध्यक्ष पराजुलीलाई युनियनद्वारा बिदाइ
Subscribe to:
Post Comments (Atom)
Post a Comment