0
समासेवी एवम् राजनितिज्ञ वसन्त गौचनको निधन भएको सातौ दिनको पुण्य तिथि अन्र्तगत आइतवार शुद्धाशुद्धि हुँदै छ । थकाली सेवा समिति नदिपुरमा थकाली परम्परा अनुसार शुद्धशुद्धी हुने भएको हो ।  गौचनको ६१ वर्षको उमेरमा भारतको नयाँदिल्लीमा उपचारको क्रममा मंसिर २८ गते निधन भएको थियो । मुस्ताङको लेते गाविसस्थित कालोपानी भन्ने स्थानमा जन्मिएका गौचनले समाजसेवामा समेत योगदान पु¥याएका थिए । उनले पोखरामा साँग्रिला एयर सञ्चालन गरि पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएका थिए । उपचारबाट वञ्चित दुर्गम क्षेत्रका बासिन्दालाई फर्कदा हेलिकोप्टर उडानमा निःशुल्क सेवा समेत प्रदान गरेका गौचनको निधनले मुस्ताङ र पोखराबासी स्तब्ध भएका छन् । नेपाली काँग्रेसबाट राजनीति गरे पनि उहाँले मुस्ताङबासीको हितका लागि सधैँ क्रियाशील रहेका थिए । उनी थकाली जातिका विभिन्न समितिहरुमा समेत आबद्ध छन् । स्व.गौचनको २ छोरा, ३ छोरी र श्रीमती छन् ।

Post a Comment

 
Top