0
नेपाल महिला संघ कास्की क्षेत्र नं ३ को सभापतिमा शारदा गिरी निर्वाचित भएकी छन् । संघको शनिबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्दी रजनी केसीलाई १६ मतले पराजित गर्दै गिरी शभापतिमा निर्वचित भएकी हुन् । गिरीले ३७ मत प्राप्त गरिन् भने केसीले २१ मत प्राप्त गरेकी थिईन्  । यसअघि गत बिहीवार नै अधिवेसनको उद्घाटन भएपनि नेतृत्व चयनका लागि सर्वसम्मत हुन नसक्दा शभापतिको चुनाव हुन पुगेको थियो । अन्य पदहरु भने सर्वसम्मत रुपमा चयन गरीएको छ ।
जसअनुसार सचिवमा मन्धरा ढकाल, कोषध्यक्षमा सुनीता गिरी चयन भएका छन् भने सदस्यहरुमा रीता सापकोटा, मथुरा गिरी, लक्ष्मी जिसी, सावित्री बराल, हरीकला पहारी, सरस्वती पौडेल, सावित्री बराल, शान्तादेवी आचार्य रहेका छन् । उपाध्यक्ष सहित बाकी पदाधिकारी भने पछि चयन गरीने जनाईएको छ । अधिवेसनले जिल्ला प्रतिनिधिहरुमा महाकाली बराल, सुभद्रा कोईराला, शान्ता पौडेल, कमला खाती क्षेत्री र गीता सुवेदीलाई चयन गरेको छ । त्यसैगरी महाधिवेसन प्रतिनिधिमा मनसुवा गुरुङ, सुमीत्रा गुरुङ, लालकुमारी खत्री, गंगा केसी, उमा ठकुरी, सत्यम चालिसे र बृन्दादेवी राना चयन भएको महिला संघले जनाएको छ ।

Post a Comment

 
Top