0
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक शिक्षिकालाई सुरक्षित वातावरणमा पठन पाठन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले सिद्धार्थ क्लव पोखराको आयोजनामा कृस्ती नाच्नेचौरको माझगाउ स्थित बाल ज्योति प्राथमिक विद्यालयमा ११ सदस्यीय विद्यालय स्तरिय प्रकोप व्यवस्थापन समिति गठन गरिएको क्लवका नागरिक शिक्षा अधिकृत मनकुमारी पुनले जानकारी गराएकी थिइन । विद्यालय व्यवस्थापन समितिका गंगा बहादुर कँुवंरको संयोजकत्वमा गठन गरिएको सो समितिको सदस्य सचिवमा बाल ज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक गंगा बहादुर क्षेत्री र सदस्यहरुमा शिअस अध्यक्ष खिमबहादुर कुँवंर, सदस्य समाजसेवी जमुना कुवंर, शिक्षिका लक्ष्मी कुँवंर, माझगाउ बाल क्लवका सदस्यहरु मेनुका कुवंर, भोज कुमारी कुवंर, सुजन कुँवर, अमृत कुवंर र गाविस स्तरीय विपद व्यवस्थापन समितीका सदस्य ईन्दिरा सुवेदी (लामिछाने) रहेकी छन् । स्थानीय शिक्षक, अभिभावक, समाज सेवी र बाल क्लबका ३० जनाको सहभागिता रहेको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति ठाकुर प्रसाद सुबेदी र क्लबका नागरिक शिक्षा अधिकृत मुना पुनले सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top