आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा दोस्रोपटक पुनः प्रवेश गरेको नेपाली क्रिकेट टोली अहिले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दु्रतगतिमा अभ्यासरत छन् । आगामी माघ ३ देखि १० गतेसम्म नामिबियामा हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको तयारीका लागि नेपाली टोली दैनिक छदेखि आठ घन्टासम्म अभ्यासरत रहेका हुन् । यसै वर्ष मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीमा अफ्रिकी प्रतिद्वन्दी युगान्डालाई फाइनलमा पराजित गर्दै नेपाल डिभिजन दुईमा पुनः दोस्रोपटक उक्लिएको हो ।
यसअघि जनवरीमा न्युजिल्याण्डमा भएको एक दिवसीय विश्वकप छनोटमा नेपाल नवौँ स्थानमा रहँदै रेलिगेसनमा परेपछि डिभिजन दुईबाट पुनः डिभिजन तीनमा घटुवा भएको थियो । त्यतिबेला १० राष्ट्रले भाग लिएको सो प्रतियोगितामा नेपाल नवाँै र युगान्डा दशौँ स्थानमा रहँदै डिभिजन तीनमा घटुवा भएका थिए । उक्त प्रतियोगिताको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले फिजिकल टे«नरलाई नेपालमै बोलाएको छ । भारतबाट बोलाइएका फिजिकल टे«नर बासिम अन्सारीले अहिले नेपाली टोलीलाई अभ्यास गरारहेका छन् । यस्तै, बलिङतर्फको प्रशिक्षणका लागि श्रीलङ्काबाट आएका तीव्र गतिका दुई बलर रजिथ प्रियंक र रुबिन्दा समेनले पनि नेपाली खेलाडीलाई बलिङ प्रशिक्षण गराइरेका छन् । आइसिसीको हाई पर्पmर्मेन्स कार्यक्रमअनुसार नेपालले प्रतियोगिता तयारीका लागि आगामी जनावरी ३ देखि १३ तारिखसम्म दक्षिण अफ्रिकाको भ्रमणसमेत गर्दैछ । भ्रमणक्रममा नेपाली टोलीले त्यहाँका स्थानीय चार क्लबसँग अभ्यास खेलसमेत खेल्ने निश्चित भइसकेको क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिए । उनका अनुसार नेपाली टोलीले जनवरी ५ मा इस्टर्न सेमीसँग प्रतिस्पर्धा गर्दै अभ्यास खेलको उद्घाटन गर्नेछ । त्यस्तै जनवरी ७ मा नर्दन सेमी, ८ मा गाउटेङ सेमी र १२ तारिखमा एकेडेमी टिमसँग अभ्यास खेल खेलेपछि टोली प्रतियोगिताका लागि त्यतैबाट नामिबिया जाने कार्यक्रम रहेको क्यानले जनाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बन्द प्रशिक्षण दौरानमा खेलाडीको ब्याटिङ र बलिङको सीप बढाउन खोजिएको बताए । उनले यसअघि डिभिजन तीन खेलेर आएयता नेपाली टोलीमा १० प्रतिशत सुधार भएको बताउँदै दक्षिण अफ्रिकामा हुने अभ्यास खेलले पनि प्रतियोगितामा थप सहयोग पुग्ने विचार व्यक्त गरे ।
त्यस्तै, नेपाली टोलीका पूर्व कप्तान एवम् हालका सहायक प्रशिक्षक विनोद दासले पहिलेभन्दा अहिले नेपाली टोलीको ब्याटिङ र बलिङमा निकै सुधार आएको बताए । नेपाली टोलीका कप्तान पारस खड्काले खेलाडीले निकै मेहनत गरिरहेको बताउँदै डिभिजन दुईका प्रत्येक खेल महत्वपूर्ण हुने भएकाले पनि सबै खेलाडीले सक्दो मेहनत गरिरहेको उल्लेख गरे । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, नरेश बुढाऐर, शरद भेषवाकर, अमृत भट्टराई, आरिफ शेख, करन केसी र भुवन कार्र्की छन् । त्यस्तै, राहुल विक, रामनरेश गिरी, राजेश पुलामी र महबुब आलम भने वैकल्पिक सूचीमा परेका छन् । लामो समयदेखि चोटका कारण पृथु बाँस्कोटा, जीतेन्द्र मुखिया र अविनाश कर्ण भने राष्ट्रिय टोलीमा पर्न सकेनन् । यसैगरी डिभिजन दुईको टिम व्यवस्थापकमा दिवाकर घले, सहायक प्रशिक्षकमा विनोद दास, टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा दिनेश भट्ट छन् । राउन्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगितामा नेपालसहित आयोजक नामिबिया, केन्या, क्यानाडा, नेदरल्यान्ड्स र युगान्डाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोली आइसिसी विश्व क्रिकेट लिग डिभिजन च्याम्पियन र आइसिसी इन्टरकन्टिनेन्टल कपका लागि छनोट हुनेछन् ।

Post a Comment