नेकपा (माले)का महासचिव सिपी मैनालीले नयाँ बन्ने संविधानमा तीन वा छ प्रदेश उपयुक्त हुने बताएका छन् । उनले नयाँ बन्ने संविधानमा प्रदेश वर्गीकरण हिमालदेखि तराईसम्म हुनुपर्नेमा जोड दिए । नेपालको समृद्धि तथा राष्ट्रिय सुरक्षाको निम्ति समावेशी प्रदेशहरू बनाउने नीतिप्रति समर्थन जनाउने सुनिश्चिततासाथ राष्ट्रव्यापीरूपमा सङ्कलित दुई लाखको हस्ताक्षर सभाध्यक्ष सुवास नेम्बाङसमक्ष बुझाएको समेत महासचिव मैनालीले बताए । काँग्रेस र एमालेले अघिसारेको नौबुँदे प्रस्ताव संविधान निर्माणको आधार भए पनि त्यसमा भएका त्रुटी सच्याएर अन्य पार्टीसँग वार्ता गर्नुपर्ने बताए । उनले सङ्घीय प्रतिनिधि सभाको सङ्ख्या २०५ भन्दा कम नबनाउन, बहुधार्मिक र धार्मिक स्वतन्त्रतायुक्त एवम् सहिष्णुता सम्पन्न नेपालमा प्रेरित धर्म परिवर्तनलाई दण्डनीय बनाउने संवैधानिक प्रावधान हुनुपर्ने सुझाव दिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
»
राजनीति
» तीन वा छ प्रदेश उपयुक्त
Subscribe to:
Post Comments (Atom)
Post a Comment