वडा प्रहरी कार्यालय वगरले घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय वगरबाट खटिएको टोलीले जफत गरेका ८० लिटर तयारी मदिरा नष्ट गरेको हो । वडा प्रहरी कार्यालय वगरले आमा समूह सामुदायिक सेवा केन्द्र वगर, स्थानीयवासी, सञ्चारकर्मी, वगरका प्रहरीहरुको रोवहरमा उक्त मदिरा नष्ट गरेको वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक अमरबहादुर थापाले जानकारी दिए । वडा प्रहरी वगरका प्रमुख प्रहरी निरिक्षक अमरबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले बुधबार चमेरा गुफाबाट पृथ्वीचोक जाँदै गर्दा सुनिता केसी र कमल केसीको साथबाट उक्त मदिार जफत गरेको थियो । अवैध मदिरा विक्रि वितरण हुन्छ भन्ने सूचनाको आधारामा हामीले चेक जाचलाई कडाई गरेका थियौ प्रहरी निरीक्षक थापाले भने–चेक जाचको क्रममा उक्त मदिरा जफत गर्न सफल भएका हांै । यस क्षेत्रमा उत्पादन हुने अवैध मदिरा नष्ट गर्नका लागि वडा प्रहरी कार्यालय वगर लागि पर्ने उनले बताए । अवैध मदिार नष्ट गरेर वडा प्रहरी कार्यालय वगरले सकारात्क कामको थालनी गरेको बताउदै सामुदायिक प्रहरी सेवा केन्द्र वगरकी अध्यक्ष जीवन अधिकारीले यस्ता कार्यक्रममा केन्द्रले हर हमेसा सहयोग गर्ने बताईन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» बगर प्रहरीद्वारा असी लिटर तयारी मदिरा नष्ट
Subscribe to:
Post Comments (Atom)
Post a Comment