0
पोखरा–३, नारायणस्थान स्थित वि.सं. १९३७ पूर्व स्थापित पोखराकै पुरानो मन्दिर श्री लक्ष्मीनारायण मन्दिरको संरक्षण, सम्बद्र्धन र विकासका निम्ति गठित श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समितिद्वारा हरिबोधनी एकादशीको दिन तोरण तार्ने काम सम्पन्न भएको छ । कार्य समितिको सदस्य गीता कुँवरको संयोजकत्वमा भएको उक्त कार्यक्रममा स्थानीय महिला मिलन आमा समूह कार्यसमितिका पदाधिकारीहरु, संस्थाका आजीवन सदस्यहरु, श्रद्धालु भक्तजनहरु लगायतका स्थानीय महानुभावहरुको सहभागीतामा लक्ष्मीनारायण मन्दिर, ब्रह्मचर्याश्रम, नीलकण्ठ महादेव मन्दिर परिक्रमा गरी फूलवारी र नदिपुर जोड्ने पुलको आडमा सेती नदिमाथि भजनकीर्तन सहितको टोलीले तोरण तार्ने काम सम्पन्न गरेको थियो । समितिका अध्यक्ष महेश पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई अध्यक्ष महेश पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए ।

Post a Comment

 
Top