0
पोखराको बाबा फाउन्डेसनद्वारा संचालित बाबा आनन्द संचार पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका संबाददाता लालप्रसाद शर्मा पुरस्कृत हुनु भएको छ । आनन्दाराज श्रेष्ठको स्मृति दिवको अवसर पारेर आइतबार आयोजित एक कार्यक्रमका विच शर्मालाई क्षेत्रिय प्रशासक दिनेशकुमार थपलिया, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, स्वर्गीय आनन्द श्रेष्ठका धर्मपत्नी मंगलादेवी श्रेष्ठ, बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ लगायतले संयूक्त रुपमा सम्मान गरेका थिए । पुरस्कार राशी नगद १० हनार सहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
बालबालिकाको क्षेत्रमा समाचार लेखेर पुयाएको योगदानको कदर गदै शर्मार्ला सम्मान गरिएको बाबा फाउण्डेशनले जनाएको छ । छनौट समितिका संयोजकमा रुद्रप्रसाद भट्ट, सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, बाबा फाउन्डेशनका सचिव रबी बसौला र पुरस्कार स्थापना गर्ने परिवारको तर्फबाट शर्मिला श्रेष्ठ सहितको समितिले शर्मालाई छनोट गरेको थियो । पोखराको आदर्श समाज दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका शर्मा १४ बर्षदेखि कान्तिपुर पब्लिकेशन्समा आबद्ध छन् ।
सम्मान पछि बोल्दै शर्माले पुरस्कारले बालबालिकाको क्षेत्रमा कलम चलाउन अझै प्रेरणा मिलेको बताउदै आफनो कलम अझै सशक्त रुपमा बालबालिकाको क्षेत्रमा कलम चलाउने प्रतिबद्धता ब्यक्त गरे। बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रशासक दिनेशकुमार थपलिया, अनन्दराज मुल्मी, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, प्रतिभा छनोट समितिका संयोजक रुद्रप्रसाद भटट, प्रेस यूनियनका उपाध्यक्ष रमेश पौडेल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top