0
खाद्य सुरक्षाको ग्यारेन्टी गर्न मकैवाली उपयोगी भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । पहाडी मकै वाली अनुसन्धान परियोजना सिमितिको चौथो चरण अन्तर्गतको क्षेत्रीय वजारिकरण सीवीएसपी सञ्जाल तथा परियोजना समापन सम्वन्धी शुक्रवार पोखरामा भएको सरोकारवाला सँगको जानकारी मूलक गोष्ठीमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
उनीहरुले पहाडी क्षेत्रमा लगाईने मकैले ग्रामीण स्तरका गरिव निमुखाको खाद्य सुरक्षाको ज्ञारेन्टी गरेको बताए । सो अवसरमा वोल्दै परियोजनाका केन्द्रीय संयोजक तथा वजार विशेषज्ञ डा. डिल्ली केसीले १५ वर्ष अगाडि ७ जना कृषकहरुवाट १४ टन बीउ उत्पादन गर्दै सुरु भएको परियोजनाले पछिल्लो समयमा २ सय २३ कृषकवाट १ हजार ४ सय ६० टन मकैको बीउ उत्पादन गर्न सफल भएको वताए । उनले ग्रामीण स्तरका जनताको खाद्य अधिकारलाई संरक्षण गर्ने हेतुले परियोजना सुरु भएको वताए । मकैको उन्नत बीउ फेरे मात्रै २५ प्रतिशत उत्पादन वढ्ने कुरा कृषकलाई जानकारी गराउँदै परियोजनाले निमुखा कृषकहरुको माझमा काम गरेको उनले वताए । परियोजनाले देशका २० जिल्लाको साथै पश्चिमाञ्चलका चार जिल्लामा सो परियोजना संञ्चालन गर्दै आएको थियो ।
चौथो चरण अन्तर्गत परियोजनाले २०६८ सालदेखि पश्चिमाञ्चलका स्याङ्जा, पाल्पा, गुल्मी र वाग्लुङ जिल्लामा मकैको बीउ उत्पादन गर्दै आएको क्षेत्रीय संयोजक किरण वस्नेतले जानकारी दिएका छन् । सो परियोजना ३१ डीसेम्वर २०७१ मा समापन हुने भएपछि आश्रित कृषक तथा सारोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।  सो अवसरमा वोल्ने अधिक सरोकारवाला कृषकहरुले परियोजना वन्द गर्न नहुने धारणा व्यक्त गर्दै यदी परियोजना वन्द भएपनि जिल्ला कृषि विकास कार्यालयहरुले ५० प्रतिशत अनुदानमा कृषकलाई मकैको बीउ उपलव्ध गराउन माग गरेका छन् ।
क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषकको तर्फवाट लेखनाथ गैह्े, महिला कृषकको तर्फवाट धनकुमारी पौडेल, बीउ वीजन विक्रेताको तर्फवाट कृष्णकुमार अर्याल, निजी क्षेत्रका प्रतिनिधी दामोदार पौडेल, गैसस प्रतिनिधी पुष्प भूषाल, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका वरिष्ठ वैज्ञानिक हीमप्रसाद पाठक, जिल्ला कृषि विकास कार्यालय वाग्लुङका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल लगायतले बोलेका थिए ।

Post a Comment

 
Top