0
कुलबहादुर दाई अड्चालिस बर्ष, तौल अड्चालिस किलो, खाना जति पनि रुच्छ तर दुब्लाउँदै जान्छन, अचम्ममा परे । नर बहादुर दाई भाउजुलाई लिएर  बिहान सवेरैै रंगशाला जान्छन पेट बढेर ठूलो भएको थियो, एक घण्टा व्यायाम गरेर आउँछन् । कृष्ण सर खानामा मुख बार्छन । केही खानै नहुने भयो । खानाको कुराले सधैं निरास देखिन्छन् । राति ढिलो सुताई, व्यायामको अभाव । चन्द्रवती आमा औषधि धेरै खान्छिन, वाथ, दुःखाई, प्रेसर अन्तिममा सुगर पनि थपियो हिड्न, पनि सक्तिनन् । पिसाब बढि लाग्छ, शौचालयसम्म पुग्न पनि गाह्रो । यता, सुमित्रा दिदीलाई भर्खर पनि सुगर देखिएको छ । मुख बार्ने कि औषधी खाने ? दोधारमा छिन् । रामबहादुर बा कतै सुगर निको हुने औषधि पाइन्छ कि भनेर खोज्दै छन् भने दिल बहादुर समेत औषधि खाँदै गर्दा सुगर अझै बढि छ भनेर चिन्तामा छन् । रामकुमारी जीवनभरि औष्ािध खानु पर्ने भयो भन्ने चिन्तामा छिन् । गेमबहादुर कति औषधि खाइरहनु पर्ने,सुगर कम भएपछि औषधि नखाए पनि होला कि भनेर सोध्न खोज्दै छन् । आयुर्वेद बाजे सुगरको औषधि ३÷६ महिना खाएपछि जहिलेसुकैलाइ निको हुन्छ भनेर औषधि बेच्दै छन् । टेलिभिजनले सुगर निको बनाउने औषधिको विज्ञापन बजाउँदै छ । डाक्टरले औषधि नमरुन्जेल खाइरहनु पर्छ, भात छोड्नु औषधि नछोड्न भनेर  सुझाएका छन् ।
सुगर हुने भनेको हाम्रो शरीरमा इन्सुलिन हार्मोन उत्पादनमा गढबढि भई सुगरको मात्रा रगतमा बढि हुने अवस्थालाई सुगर (डायविटिज) भएको भनेर बुझिन्छ । सुगर २ किसिमको हुन्छ ः सुगर लागिसकेपछि इन्सुलिन लिनुपर्छ भने अर्को मुख बारेर, शारीरिक व्यायाम गरेर वा औषधि खाएर सुगर नियन्त्रण गर्न सकिन्छ ।
सुगर विभिन्न कारणले लाग्न सक्छ । कतिपय कारणहरु पत्ता लगाउन सकिन्छ भने कतिपय गाह्रो हुन्छ । हाम्रो शरीरको देब्रेतर्फ रहेको प्याङ्क्रियाजबाट निस्कने इन्सुलिन नामक हार्मोन उत्पादनमा गढवढि हुनु,प्याङ्क्रियाज आँफैमा रोग लाग्नु, शरीरले ग्लुकोजको मात्रा नलिनु, इन्सुलिन शरीरलाइै आवश्यक भन्दा कम उत्पादन हुनुले हामिले खाएको खानामा रहेको ग्लुकोजको मात्रा शरीरमा राम्रोसँग शोषण नहँदा, रगतमा ग्लुकोजको मात्रा बढि हुन्छ, कारणबश हाम्रा शरीरका अंगले राम्रोसँग ग्लुकोजको मात्रा पाउन सक्दैनन् र शरीरका अंगहरु समेत कमजोर हुन्छन । सुगर रोग उमेरको कारण, जीवनशैलीको कारण, खानपानको कारण, शारीरक व्यायामको कारण लाग्न सक्छ । बंशाणुगत कारण पनि ३३ प्रतिशतलाई हुने गरेको पाइन्छ । शरीरमा अन्य रोगहरुका कारण पनि यो रोग लाग्न सक्छ । जस्तै बाथ, क्यान्सर आदि जस्ता  कारणबाट पनि  सुगर रोग  हुन सक्छ । कुनै औषधिका कारण पनि सुगर हुन सक्छ भने कुनैपनि औषधि लामो समय आफूखुशी खानु हुँदैन भने दुखाइ कम गर्ने औषधि धेरै खानु हुँदैन । सुगरबाट बच्नका लागि शरीरमा मोटोपनको  मात्रा सामान्य राख्नुपर्छ । नियमित शारीरिक व्यायाम को व्यावस्था गर्नुपर्छ । रक्तचाप नियन्त्रणमा राख्नुपर्दछ । मृगौला, कलेजोका रोगहरुबाट बच्नुपर्छ । कलावति आमा ६५ वर्षको हुनुभयो गाउँमा नाम्लो, डोकोले अहिलेसम्म छोडेन तर गुलियो चिया पिएमा दिनभर  खाना पनि खानुहुन्न । एक महिना अगाडि देखि पिसाब बढि लागेजस्तो भएको थियो, मुख सुक्ने पिसाव बढि लाग्ने र दुव्लाउँदै जाने समस्या भयो । गाउँका छिमेकले अस्पताल जान सुझाव दिए । अस्पताल स्वास्थ्य जाँच गराउँदा ३१५ सुगर देखियो । कारण चिनीको मात्रा बढि सेवन गरेकोले सुगर बढेको पाइयो । त्यसैले सबैकुराको मात्रामा ध्यान दिनु आवश्यक हुन्छ ।
कहिलेकाहि सबै प्रयास गर्दा पनि सुगरको समस्या शरीरमा देखिन सक्छ । तर सुगर देखियो भनेर चिन्ता मान्नु हँुदैन । शुरुको ३ महिना जति विरामीलाई चिन्ता लाग्ने, आत्तिने हुन सक्छ । सुगर रोग लाग्न नदिन धेरै प्रयास गर्न सकिन्छ तर लाग्नै नदिन सकिदैन, यसलाई अन्त्य नै गर्न सकिंदैन किनकी यो रोग सदियांैकालदेखि लागिरहेको छ र अजै पनि बढ्दो प्रक्रियामा छ । प्रयास धेरै भएपनि नियन्त्रणमा छैन् । यो रोग जीवनशैली र उमेर धेरै हदसम्म सम्वन्धित देखिन्छ । स्वास्थ्य जीवनशैली अपनाउनु, उच्च किसिमको उपचार गर्नु, नियमित शारीरिक व्यायाम गर्नु नै बुद्धिमानी हुन्छ ।
विश्वमा ४० बर्षमाथिका ४ जना मानिसमध्ये एक जनालाई मधुमेह भइरहेको छ । अन्तर्राष्टिय मधुमेह संगठनका अनुसार सन् २०१२ मा विश्वभर मधुमेह रोगको कारणले ४८ लाख मानिसको मृत्यु भएको थियो भने ४.७१ खर्ब अमेरिकी डलर मधुमेह रोगको न्युनिकरणमा खर्च भएको थियो । मधुमेह बढ्दै जादा आँखा, मृगौला, दिमाग, मुटु, नशालगायत शरीरका विभिन्न अंगहरुमा पनि थप समस्या बढ्दै जान्छ । मधुमेह विशेषज्ञका अनुसार दैनिकरुपमा ३० मिनेट व्यायम गर्नाले मधुमेह रोग लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । यो रोगबारे जनचेतना जगाउन सन्े १९९१ देखि नै मधुमेह दिवस मनाउन थालिएपनि संयुक्त राष्ट्र संघले सन् २००७ देखि आधिकारिक रुपमा विश्वभरमा नै यो १४ नोभेम्बरलाई विश्वभर मधुमेह दिवसको रुपमा मनाउन थालेको हो । आज शुक्रबार पनि विश्वभर मधुमेह दिवस मनाइँदै छ । सुगर भैसकेका लागि शिक्षा, हुन सक्ने सम्भावना भएका लागि होशियारी, भैसकेका लागि स्वास्थ्य जीवन शैली, भएमा सुगर हुँदैमा डराउनु पर्दैन । सुगरको राम्रो व्यवस्थापनले स्वस्थ्य जीवन जीउन सकिन्छ । सुगरको व्यवस्थापन राम्रो नभएमा यसबाट उत्पन्न हुने जटिलताले जीबनलाई निकै कष्टकर बनाउन सक्छ ।
खाने कुराहरु ः सुगरका विरामीहरुमा खानाको ठूलो समस्या र अप्ठ्याराहरु रहेको पाइन्छ । यस्तो समस्या हाम्रो भान्छामा पाकेको खाना र सुगरका बिरामीहरुले खाने खाना एकै किसिमको नभएर हो । खाना खाने बेलामा भन्दा अगाडि सोचविचार गरेर खाना बनाउनु पर्दछ । खाना खाइसकेपछि पछुताउनु बाहेक केहि हँुदैन । त्यसैले मुखलाई मात्र मीठो र स्वादिलोको पछि लाग्नु हुँदैन । खाना हाम्रो शरीरको मुख्य उर्जा हो, खाना विना हाम्रो शरीर चल्न सक्दैन र जीवन पनि असम्भव छ । त्यसैले खान बार्ने काम अप्ठ्यारो भएपनि प्रयास गर्नुपर्छ तर खान बार्ने भनेर अनावश्यक वार्ने काम पनि खतरा हुन्छ । किनकी शरीरलाई चाहिने शक्ति अभाव हुन सक्छ ।
चिल्लो कम खाने, रेशादार तरकारीहरु खाने, काचैखाने फलफूल खाने, दूधका परिकार खाने, गेढागुढी खाने, माछा खाने गर्नुपर्दछ । सुर्ति, चुरोट खानु हँुदैन यसले रक्तनलीहरुलाई बिगार्ने, साँघुरो बनाउने गर्दछ । रक्सि खानेहरुका लागि हप्तामा एक पटक सय मिलि लिटर जति खान सकिन्छ । बढि खानु खतरा हुन्छ । 
शरीरलाई अन्य बाहिरी चोटपटकबाट पनि जोगाउनु पर्छ । जस्तै खुट्टालाई हल्का सजिलो जुत्ता लगाउने सफा सुख्खा र तातो राख्ने । लामो समयसम्म जत्ता लगाईरहने, चिसो राख्ने तथा सफाइमा कमि भयो भने खुट्टामा घाउहरु आउन सक्छ वा रक्त संचालन नहुन सक्छ । अक्सिजनको अभाव हुन सक्छ । खुट्टाका नशाहरुमा खराबी आई खुट्टा समेत काम नलाग्ने हुनसक्छ ।
सुगरका विरामीहरुका लागि नियमित आरामको पनि व्यवस्थापन हुनु पर्दछ । रातीमा ७÷८ घण्टा राम्रो सँग निदाउनु पर्छ । आराम बाट शरिरलाई नशा, हड्डीलाई आराम मिल्छ । अन्य कामको समयमा पनि मानसिक बेचैनीमा बस्नु हँुदैन, चिन्ता तनावले पनि सुगर निकाल्ने, बढाउने अनियन्त्रित बनाउने गर्दछ ।  शरीरले आनन्द महसूस गरेमा शरीरमा सकरात्मक परिवर्तनहरु हुन थाल्दछन् यसले गर्दा सुगर पनि घट्छ । स्वास्थ्य लाभ पनि हुन्छ ।
(लेखक ः भान्छाको डाक्टर पुस्तकका लेखक तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलमा कार्यरत हुनुहुन्छ।)
                                                                                                                                      डा.विष्णु चापागाइँ


Post a Comment

 
Top