0

नेपाल क्योकुशिन बुदोकाई कराँते डो कास्कीको तेस्रो अधिवेशनले ज्ञानेन्द्र माकाजूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल क्योकुशिन बुदोकाई कराँते संघका केन्द्रीय सदस्य दिपक बहादुर गोदारको प्रमुख आतित्थतामा भएको अधिवेशनले प्रथम उपाध्यक्षमा अच्युत पाण्डे, द्वित्तीय उपाध्यक्षमा लालबहादुर छन्त्याल, सचिवमा श्रीकृष्ण अधिकारी, कोषाध्यक्षमा सागर गिरी रहेका छन् । सदस्यहरुमा कलम एलसी, प्रमोद आचार्य, बेलबहादुर थापा, रमेशखड्का, दिपा वर्देवा, हायन्द्र अडैमगर रहेका छन् । त्यसैगरी संघको सल्लाहकारमा जुमप्रसाद कोइराला, सूर्यनाथ पहारीलाई चयन गरिएको छ । अधिवेशनमा कोषाध्यक्ष लेखबहादुर थापाको प्रतिवेदन, सचिव नारायण आचार्यको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको थियो । अधिवेशनले माघ १ गते माघेसंक्रान्तिको अवसरमा ढुंगे साँघुमा १४औं सस्करण राष्ट्रिय स्तरको माछापुच्छ«े कराँते प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिताको लागि निर्मल पहारीलाई संयोजकमा चयन गरेको छ । सह संयोजकमा लेखबहादुर थापालाई चयन गरिएको छ । कार्यक्रममा संघका केन्द्रीय सदस्य दिपकबहादुर गोदार, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बराल, पूर्व राष्ट्रिय खेलाडी, लक्ष्मण कुँवर, निर्मल पहारी, लेखबहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top