0
प्रयत्नशिल युवा क्लव,मौजा–१ मोहोरिया कास्कीको हालै सम्पन्न सातौ अधिवेशनले मणिराज गुरुङ्गको अध्यक्षतामा दश सदस्यि कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रसिद्ध गुरुङ्ग,सचिवमा प्रिन्स भुजेल, कोषाध्यक्षमा टिका गुरुङ्ग तथा सह–सचिवमा जनम परियार चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा निसान गुरुङ्ग,सागर गुरुङ्ग,राजु भुजेल,सचिन गुरुङ्ग र दिपक सुनार निर्विरोध चयन भए । समितिमा एक सदस्य पछि थपिने बताइएको छ । समितिको पहिलो बैठकले पाँच सदस्यिय सल्लाहकार समितिपनि चयन गरेको छ । समितिमा उत्तरप्रसाद गुरुङ्ग, हुमबहादुर गुरुङ्ग, खेमबहादुर गुरुङ्ग,चेतबहादुर गुरुङ्ग र ओमकुमारी गुरुङ्ग रहेका छन् । यसअघि क्लवका कार्यबाहक अध्यक्ष मणिराज गुरुङ्गको अध्यक्षतामा सम्पन्न अधिवेशनको बन्द सत्रले सचिव बालकृष्ण पौडेलको कार्यप्रतिवेदन तथा कोषाध्यक्ष तुलबहादुर गुरुङ्गको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । क्लवका निवर्तमान अध्यक्ष उत्तम गुरुङ्ग वैदेशिक रोजगारको शिलशिलामा विदेश रहेकाले कार्यबाहक अध्यक्षको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । क्लवका सल्लाहकार हुमबहादुर गुरुङ्गले शुभकामना मन्तव्य राख्दै क्लवले गाउँ विकासको कार्यमा सहकार्य गरि अघि बढ्ने बताए । त्यसैगरि अर्का सल्लाहकार सिम गुरुङ्गले नवनिर्वाचित कार्यसमिति लाई बधाई ज्ञापन गर्दै क्लवमा रहेका भौतिक सामग्रीको सहि रुपले प्रयोग गर्न आग्रह गरे । साथै आगामी दिनहरुमा क्लवलाई आवश्यक सहयोग तथा सकारात्मक सल्लाह दिने बताए । त्यसैगरि गाउँमा बन्न लागेको खेलकुद मैदान निर्माण कार्यलाई मूर्तरुप दिन आफ्नों ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । देश विदेशमा रहेका साथीहरुलाई पनि मैदान निर्माण कार्यमा सहयोग पु¥याउन उनले आग्रह गरे । क्लवका पूर्वाध्यक्ष खगेन्द्र गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top