0

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकको शनिवार सम्पन्न ११औं बार्षिक साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले उक्त लाभांस पारित गरेको थियो । साधारणसभाले सर्वसाधरण समूहका तर्फवाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सदस्यहरु विप्लव पौडेल र विकल तुलाचनलाई निर्विरोध चयन गरेको छ । साथै बैंकको जारी तथा चुक्ता पुँजी बृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने भएको छ । योसंगै बैंकको कुल चुक्ता पुँजी ३५ करोड २० लाख रुपैया पुगेको छ । बंैकले गत आर्थिक वर्षमा ७ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा ३७.२६ प्रतिशतले बढी हो । २०७१ आषाढ मशान्तसम्ममा बंैकको कूल निक्षेप ३ अर्व १० करोड र कर्जा लगानी २ अर्व ६६ करोड रुपैयां रहेको र निष्कृय कर्जा अनुपात ०.१६ प्रतिशत रहेको बैङ्कले जनाएको छ । बैंकले पश्चिमाञ्चल क्षेत्रका १० जिल्ला अन्र्तगत कुल २० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट कारोवार संचालन गर्दै आएको बैङ्का निमित्त कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top