मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०७१ आइतबार बसेको बैठकले लगानीकर्ताहरुलाई ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.९० प्रतिशत नगद लाभांश गरी कूल ३९.९० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांशको वितरण नेपाल राष्टू बैंकले स्वीकृत दिई आगामी साधारण सभाले निर्णय गरेपछि मात्र लागु हुने प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले जानकारी दिएका छन् ।
प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालका अनुसार गत आर्थिक बर्षको अन्तमा बैंकले रु. ५ अर्व १९ करोड निक्षेप संकलन तथा रु.४ अर्व ४४ करोड कर्जा लगानी गरि २३ करोड ८६ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको थियो । यस अवधि सम्म बैंकको चुक्ता पुँजी ३६ करोड ७५ लाख रहेको छ भने बैंकले २५ प्रतिशत हकप्रद शेयर जारी गर्न अन्तिम चरणमा रहेकोछ, तत्पश्चात बैंकको चुक्ता पुँजी ५९ करोड ९० लाख २५ हजार हुनेछ ।

Post a Comment