0
युवा कवि सुरज उपाध्यायको दोस्रो कृति ‘चिल उड्यो आकासमा’ (बाल कवितासङ्ग्रह) सोमबारदेखि बजारमा आएको छ । यसअघि २०६० मा तिम्रो ‘मन फर्किएन’ गजल सङ्ग्रह पाठकसामु ल्याएका उपाध्यायले यस पटक बाल बालिकालाई दसैं तिहार बिदामा पढ्न मिल्ने गरी पुस्तक बजारमा ल्याएको बताए ।
बाल मनोविज्ञानलाई भित्रैबाट छोएर लेखिएको कृतिले बाल बालिकालाई मनोञ्जन र ज्ञान दिने कवि उपाध्यायले विश्वास व्यक्त गरे । ठुल्दिदीको बिहे, चिल उड्यो आकासमा, सहिदको छोरा म, आऊ पोखरा, मोबाइल, फेवाताल, सात तालको सहर, आँधीखोला कुहिरो लाग्यो, हामी नेपाली, बिदा हुन्छ शनिबारलगायत जम्मा २३ वटा विभिन्न विषयवस्तुका कविता समेटिएका पुस्तकभित्र कविताका भावअनुसार रङ्गीन चित्रहरुसमेत राखिएकाले पनि यसले बाल बालिकाको मन जित्ने प्रकाशक सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक अल्पज्ञानीले बताए । “पोखरा र लेखनाथका विभिन्न पर्यटकीय स्थलहरुबारे सरल र रसिलो ढङ्गमा बयान गरिनुका साथै नेपाली संस्कृति, नैतिकता, आधुनिक प्रविधि, राष्ट्रप्रेम आदि विषयवस्तु लाई पनि कवितामा कवि उपाध्यायले समेटेका छन्” सम्पादक अल्पज्ञानीले भने, “कृति पोखरेली बाल साहित्यका लागि महत्त्वपूर्ण प्राप्ति बन्नेमा हामी ढुक्क छौँ ।” उनले कविताहरु लयका दृष्टिले पनि निकै सबल रहेको दाबी गरे ।
स्याङ्जाको आरुखर्कमा जन्मेर पचासको दशकदेखि नै गीत, गजल, कविता लेखनमा व्रिmयाशील रहँदै आएका विगत केही समयदेखि उपाध्यायले बाल साहित्यका क्षेत्रमा कलम चलाउँदै आएका छन् । स्याङ्जाबाटै वेदना साहित्यिक पत्रिका प्रकाशन गरी साहित्यिक पत्रकारितासमेत गरेका उनी पछिल्लो समय सम्मोहन साहित्यिक पत्रिकाको सम्पादक र पोखरेली युवा सांस्कृतिक परिवारका सहसचिव रहेका छन् । पोखरामा हिमालयन रिडर्स कर्नर, बुक मार्ट, गोरखापत्र बाजे, जोशी पुस्तक पसल, माझठाना पुस्तक पसललगायतमा पुस्तक पाइने प्रकाशक सम्मोहन साहित्यिक पत्रिकाका अर्का सम्पादक कपिल शर्माले जानकारी दिए । आफ्ना बाल बालिकाको विदाको समयको सदसपयोग गराउनका लागि पुस्तक किन्न पनि शर्माले अभिभावकहरुसँग आग्रह गरेका छन् ।

Post a Comment

 
Top