नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की, रोट्रक्याट क्लव अफ अन्नपुर्णको आयोजनामा शनिवार मणिपाल शिक्षण अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ । रोटरी क्लव अफ न्यूरोड र रोट्रक्याट क्लव अफ न्यूरोडको सहआयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । अस्पतालका डीन बीएम नागपालले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल स्वयसेवी रक्तदाता समाजका तिर्थराज अवस्थी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment