
पोखरा इलेक्ट्रिसियन क्लव पोखराको आयोजनामा भएको कार्यक्रममा रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले चुनावमा मात्र व्यवसायीहरु जानुको सट्टा व्यवसायीहरुको सुख दुःखमा साथ दिई नवनिर्वाचित सम्पूर्ण एक भई लाग्न सुझाव दिए । कम्प्युटर एशोसिएशन कास्कीका उपाध्यक्ष चिन्तामणि बाँस्तोलाले पोखरालाई स्मार्ट सिटीको रुपमा विकास गर्न नवनिर्वाचित समिति लाग्नुपर्ने बताए । पोखरा उद्योग बाणिज्य संघको संरक्षकत्वमा २०५६ सालमा स्थापना भएको क्लवले इलेक्ट्रिसियन को हक हित संरक्षण तथा विविध सामाजिक क्रियाकलापहरु गर्दै आएको छ । पोखरा इलेक्ट्रिसियन क्लवका अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष विष्णु खड्गी, गणेशदत्त जोशी, सचिव कृष्ण प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
Post a Comment