0
महिला सशक्तीकरण नेपालको १२ औं साधारण सभा तथा पाँचौ अधिवेशन बिहिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै, कार्यक्रमका प्रमुख अतिथि पुनरावेदन अदालतका न्यायाधिश प्रभा कोइरालाले पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढ्दै गएको बताइन् । चिन्ताको सट्टा चिन्तन गरेर मात्रै आफ्नो गन्तव्यमा पुग्न सकिने भन्दै संस्थाले महिलाहरुलाई हौसला प्रदान गरेको कोइरालाले बताएकी छिन् । संवाद नेपालका अध्यक्ष नीलकण्ठ शर्माले महिला सशक्तीकरणमा लाग्नेहरुलाई घर परिवारलाई पनि शिक्षित बनाउन सुझाव दिइन । कार्यक्रमका अध्यक्ष लक्की कार्कीले थ्री सिस्टर्स नेपाल जस्तो सानो तहबाट शुरु भएको संस्था विस्तार हुँदै आज महिला सशक्तीकरण जस्तो समुन्नत अवस्थासम्म आईपुगेको बताइन ।  त्यस्र्तै कार्यक्रममा थ्री सिस्टर्समा विगत १० वर्ष देखि अनवरत रुपमा कार्यरत रहेकोमा तारा शर्मालाई र सन् २०१३÷१४ को कार्यकालमा आर्थिक सहयोग गरेकोमा जुना पन्तलाई सम्मानित गरिएको छ । कार्यक्रममा खहरे आमा समूहका अध्यक्ष नानीमाया सिग्देल र मितेरी नारी समूहका अध्यक्ष मिना भट्टराईले शुभकामना व्यक्त गर्नुभएको थियो भने पूर्व उपाध्यक्ष देवका पहारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसै क्रममा साधारणसभाले डिक्की कार्की क्षेत्रीेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । समितिको उपाध्यक्षमा पम्फा पहारी, सचिवमा मना कुँवर, कोषध्यक्षमा मनु हिराचन, सदस्यमा दुर्गा थापा, ओमकला भुजेल, लक्ष्मी कार्की, सीतामाया राई बाटुली गिरी चयन हुनु भएको छ । संस्थाका सल्लाहकारमा लक्की कार्की क्षेत्री, निक्की कार्की क्षेत्री, देवका पहारी, नीलकण्ठ शर्मा, बासु, त्रिपाठी रहनु भएको छ ।

Post a Comment

 
Top