रामदेखी रावण बेकसुर छ हाम्रो देशमा
विचरा ! बुद्ध पनि मजबुर छ हाम्रो देशमा
देश हाँक्नेहरूबाटै मातृभूमिको चिरहरण भो
साँच्चै नेता भन्दा इमान्दार पाल्तु कुकुर छ हाम्रो देशमा
(पृ.८२)
सन्दर्भ ठकुरी युवा परिवारले प्रकाशन गर्दै आएको दर्शन पुस्तकको हो । परिवार स्थापना भएको दोस्रो वर्षबाट वार्षिक रुपमा प्रकाशन थालनी गरेको दर्शन पुस्तकका २०७१ सम्म चार अङ्क प्रकाशन भइसकेका छन् । यही चौथो अङ्क भित्र रहेका विविध सामग्रीमध्येको एक हो प्रस्तुत मुक्तक । साहित्यकार चाँदनी शाहीको यो मुक्तकमा भनिरहेको सन्दर्भ वर्तमान समयमा देखिएको वास्तविकता नै हो भन्दा दुई मत नरहला । ठकुरी युवा परिवारले प्रकाशन गर्दै आएको वार्षिक पुस्तक दर्शन आफ्नो समुदायको बारेमा जानकारी गराउने उद्देश्य मात्र राखिएको छैन । समुदायका अनुज, समकालीन र अग्रज पुस्तालाई एउटै मञ्च प्रदान गर्नका लागि यो उत्कृष्ट स्थल बनेको छ । प्रस्तुत पुस्तकको अग्र भागमा पुस्तक प्रकाशन समितिको परिचय, तीन जना अग्रज व्यक्तित्वहरूको शुभकामना, सम्पादकीय, अध्यक्षको मन्तव्य र कार्यसमितिको विवरण सङ्गृहीत गरिएको छ । यस्तै पुस्तकमा वार्षिक कार्ययोजना एवम् गतिविधिहरूको सार्वजनिकीकरण सँगसँगै संस्कृति र संस्कारका कुरा आएका छन् । यसैगरी युवा सङ्गमले वर्षभरिमा सम्पन्न गरेका कार्यक्रम, पुस्तक प्रकाशन, स्रष्टा सम्मान, रक्तदान, अन्तरक्रिया, सहयोग, औषधोपचार, नेतृत्व विकास र सांस्कृतिक कार्यक्रमको वार्षिक कार्ययोजनाले संस्थाको क्रियाशीलतालाई निर्देश गरेको छ ।
मध्य भाग पुस्तकको मुख्य पाटो हो । जहाँ चन्द्रबहादुर खाँण ठकुरी, सम्मरबहादुर मल्ल, रोमन शाही, तेजबहादुर शाही, मदन मल्ल छाँया, अनिल सिंह, कमल मल्ल, विपना हमाल, सुनिल विक्रम खाँण, सूर्यबदना हमाल, पार्वती शाही, शेरबहादुर शाही, विवि मल्ल ठकुरी, प्रीति हमाल, डम्बरजंग मल्ल, रमेश ठकुरी, शर्मिला ठकुरी, अञ्जु खाँड, विनोद सेन पाल्पाली, दीपक हमाल, शंकर ठकुरी, सुवास मल्ल, विश्वमल्ल समर्पित, अस्मिता ठकुरी, सन्देश मल्ल, रमेश ठकुरी, चादनी शाहीलगायतका नेपाली लेख रचना रहेका छन् । यसैगरी डान्सु शाही, दीपेन्द्र मल्ल, रोशनी हमाल र भूवनसेन ठकुरीलगायत चार जनाका अङ्ग्रेजी भाषाका लेख रचनाहरू रहेका छन् । जम्मा ३० जना स्रष्टा र व्यक्तित्वका लेख रचना रहेकाको पुस्तकमा १३ जनाका कविता, मुक्तक, गीत, गजल जस्ता फुटकर लेख रचना रहेका छन् । यसले गर्दा पुस्तक अध्ययनका क्रममा विविधताको स्वाद प्रदान गरेको छ । पुस्तकमा केही सम्वाद पनि रहेका छन् । अघिल्लो पुस्ताका ठकुरी समुदायका अध्येता चक्रबहादुर खाँड ठकुरीको पृष्ठ ११ मा रहेको सम्वादले यो समुदायमा फैलिदै गएको आधुनिक संस्कार मोहका बारेमा जानकारी गराएको छ । यसैगरी पृष्ठ ३३ मा पछिल्लो पुस्ताका चर्चित संगीतकार एन. जे. सागर शाहको र पृष्ठ ४५ मा खेलाडी इन्द्रा मल्लसँगको सम्वादले समावेशीकरणको झल्को दिएको छ । फरक–फरक विधाका तीन जना व्यक्तित्वका सम्वादले यो समुदायको विविधतालाई पनि झल्काएको छ । यस्तै दीपेन्द्र मल्ल खुल्ला प्लाष्टिक मुक्त क्षेत्र काठमाडौं कत्तिको मुक्त बन्छ भन्नेमा चिन्ता व्यक्त गरेका छन् । पोखरा कालो प्लाष्टिक मुक्त हुँदै प्लाष्टिक मुक्त अभियानमा अगाडि बढिरहेको वेला यो लेखले प्लाष्टिक मुक्त क्षेत्रप्रति शङ्का व्यक्त गरेको छ । उस्तै रोशनी हमालले सात तालको बगैचा सहर लेखनाथको बयान गरेकी छन् । प्रस्तुत पुस्तकले अग्रजको सम्मान र अनुज प्रतिभाको कदर गर्दै ‘सानो संसार’ खण्ड नै समावेश गरेको छ । जसमा बालबालिकाले कोरेका चित्र जस्ताको तस्तै समावेश छन् । जसले गर्दा यो समुदायका बालबालिकालाई पनि सिर्जना कर्ममा लाग्न प्रेरणा मिलेको छ । पुस्तक भित्र अनिल सिंहले रोल्पाको खुङ्ग्रीकोट दरबारको चर्चा गरेका छन् । कृतिको पृष्ठ २५ बाट यो दरबारका बारेमा अध्ययन र जानकारी लिन सकिन्छ । यो आम पाठकका लागि ऐतिहासिक सन्दर्भ सामग्री बन्न सक्छ । किनकी हामी कयौं रोल्पाको खुङ्ग्रीकोट नपुगेको अवस्था हुनसक्छ । वर्तमान समयको मागलाई आत्मासात गरेर कमल मल्लले ‘पृथ्वीनारायण शाह र वर्तमान नेपाल’ शीर्षकमै लेख लेखे । यो लेखले वर्तमान समय र पृथ्वीनारायणलाई तुलना गरेर हेरेको छ । जातीय सन्दर्भको कुरा उठिरहेको वेला यो पनि उत्तम सामग्री बनेको छ । जुन पुस्तकको पृष्ठ १५ मा रोमन शाहीको आलमदेवी कुल देवताका किवंदन्ती बारेको लेखले पनि आम पाठकलाई थप जानकारी दिएको छ । यसैगरी उनैको राउटे शीर्षकको पृष्ठ ५७ मा अर्को लेख रहेको छ । जुन लेखले नेपालका राउटे जातिको बारेमा थोरबहुत जानकारी गराउन सफल भएको छ । यस्तै पृष्ठ ४१ मा रहेको सुनिल विक्रम खाँणको ‘मनकामना मन्दिर र गैरीस्वारा गाउँ’ शीर्षकको लेख पनि पठनीय र सङ्ग्रहणीय रहेको छ । यहाँ उल्लेख गरेका केही लेखहरू एक पटक पढ्नै पर्ने देखिन्छ । यसैगरी मदन मल्ल छायाले पृष्ठ १९ मा सिद्ध गाविसको ठकुरी बस्तीलाई तस्विरसहित अभिलेखिकरण गरेका छन् । पुस्तक भित्रको पार्वती शाहीको ‘विवशता’ शीर्षकको लेखले बर्दिया राजापूर निवासी बाढीपीडित कविता जस्ता कयौं कविताको कारुणीकताको कथा बोकेको छ । सुवास मल्लको ‘रावण ओझेल पारिएको पाटो’ शीर्षकको लेख हामी सबैले राम र रावणको कथा सुनेका र पढेका छौं त्यसैले प्रस्तुत लेख थप रुचिको विषय बनेको अनुमान गर्न सकिन्छ । शेरबहादुर शाहीको ‘अल्ट्रासाउण्ड प्रविधि’ सन्र्दभ सुहाउँदो समयको माग अनुसारको लेख रहेको छ । समसामयिक लेख रचना, सम्वाद, व्यापारिक डाइरेक्ट्री जस्ता विषयको समायोजनले पुस्तक उत्कृष्ट बनेको छ ।
प्रस्तुत पुस्तकबाट ठकुरी समुदायको स्वदेश तथा विदेशमा रहेको साङ्गठनीक स्वरुप, नेपाल अधिराज्यभरका ठकुरी समुदायको जनसंख्या, सङ्क्षिप्त इतिहास एवम् शब्दावलीको समावेशले अन्य जातिका समुदायलाई खोज र अनुसन्धानका लागि सहजता प्रदान गरेको छ । यसैगरी अर्कोतर्फ ठकुरी समुदायको सम्पूर्ण अभिलेखिकरण को शृङ्खलाको सुरुवाती भएको पनि अनुमान गर्न सकिन्छ । नेपाल अधिराज्यको ठकुरीको जनसंख्या यही पुस्तकबाट प्राप्त गर्न सकिने भएको छ । कृतिको पृष्ठ नौबाट नै ठकुरी समुदायको जनसंख्या प्राप्त गर्न सकिन्छ । जुन आकडानुसार ठकुरी समुदाय सबैभन्दा बढी दैलेखमा रहेको देखिन्छ । जहाँको जनसंख्या ३६ हजार आठ सय १६ रहेको पाइन्छ । यसैगरी यो समुदायको सबैभन्दा थोरै बसोबास मनाङमा रहेको पाइन्छ, जहाँ जम्मा ११ जना रहेका छन् । नेपालका ७५ वटै जिल्लामा धेरथोर यो जातिको बसोबास रहेको पाइन्छ । कुन जनसंख्यामध्ये चार लाख २५ हजार ६२३ जना यो समुदायको जनसंख्या रहेको छ ।
कार्य सम्पादनका क्रममा हुने सफलता र असफलता एक सिक्काका दुई पाटा हुन् । दर्शन चार उत्कृष्ट रहदा रहँदै पनि केही सीमाहरू रहेका छन् । वर्तमान समयमा व्याकरणका बारेमा चलेका विभिन्न भाषाविद्का सन्दर्भलाई लिएर बोल्नु हुँदैन किनकी । ह्रस्व र दीर्घ, भाषा र व्याकरणका सन्दर्भमा विभिन्न व्यक्तिवादी व्याकरण बनेका छन् । यस दर्शन चार भित्र पनि व्याकरणीक केही समस्या रहेका छन् । यस्तै पृष्ठ एकमा कास्कीको प्रमुख कार्यहरू र पृष्ठ दुईमा कास्कीको गतिविधिहरू शिर्षकमा व्याकरणिक त्रुटि देखिन्छ । किनभने कार्यहरू भन्ने शब्द आफैँमा बहुवचन हुन्छ । यस्तै पुस्तकको पृष्ठ ६४ र पृष्ठ ७७ मा दीपक हमालको गजल दोहोरिएको छ । यस्तै पृष्ठ २५ मा वाक्य गठन नमिलेको देखिन्छ । ‘संरक्षणका लागि दरबारको खाँचो परेको छ’ भनिएको छ । दरबारलाई संरक्षणको खाँचो हुनुपर्ने देखिन्छ । यसैगरी पृष्ठ ४३ मा नेपाललाई विदेशीको उपनिवेश बन्नबाट जोगाउँ र राखे भएको छ । यो वाक्य गठनका हिसाबले हेर्दा वाक्य गठन नमिलेको देखिन्छ । यस्तै पृष्ठ ४५ को दोस्रो कोलमको पाँचौ लाइनमा बितइबक्सेको भएको भएको छ । यसैगरी पृष्ठ ४७ मा समावेश रहेको खेलाडी इन्द्रा मल्लको जीवनमा उनको उमेरको सन्दर्भलाई लिएर ‘आदि वसन्त पार भइसक्दासमेत खेलमा उत्तिकै चाख राखिबक्सने’ भन्ने शब्द अपुरो देखिएको छ । यो आधा वसन्त भन्ने शब्दले जनाउन खोजेको वास्तविकता कही पनि उल्लेख छैन । जुन उमेरसँग सम्बन्धीत रहेको छ । यस्तै कृतिको अन्तिमतर्फ समावेश गरिएको पुराना मोहोरहरू रहेको पृष्ठमा शिर्षक नै पुरुना भएको पाइन्छ । पुस्तक भित्रको लेखको सन्दर्भमा सम्मरबहादुर मल्लको ‘ठकुरी जातिको सङ्क्षिप्त परिचय वतमान अवस्था र चुनौती’ शीर्षकको लेखलाई अलिकति मेहेनत गर्ने हो भने उत्कृष्ट सन्दर्भ सामग्री बन्ने धेरै आधारहरू छन् तर शीर्षकअनुसार लेख अपुरो रहेको छ । यस्तै आगामी अङ्कहरूमा एउटै स्रष्टाका एक भन्दा बढी लेखहरू नराख्दा उत्तम देखिने छ । यो अङ्कमा केही स्रष्टाका सामग्रीहरू दुई वटा समावेश रहेका छन् । सामान्य हिसाबले पनि एक पुस्तकमा एक लेखकको एउटै सामग्री उत्तम मानिन्छ । यसैगरी सम्पादनका क्रममा छुटाउनै नहुने त्रुटि के छ भने रोमन शाही संयोजक सम्पादक पुस्तक प्रकाशन समिति भनिएको छ । सम्पादन मण्डलको नामावली नै छैन । यसमा ध्यान दिनु आवश्यक छ । यसैगरी साहित्यिक लेख, रचनामा पनि बढी नै ध्यान दिनु आवश्यक देखिन्छ । गजल भनिएका रचनाहरू गजलको संरचनामा रहेताका केही त्रुटि देखिन्छन् । हेरौं यसै पुस्तक भित्र रमेश ठकुरी के भन्छन्ः
पछि हड्ने होइन हामी अब अघि सरौं
कपडा मात्र कति फेर्ने विचार फेर्ने गरौं
देशभरि छरिएका ठकुरीलाई समेटेर
सबै मिली एक जुट भई अब अघि सरौं
सबै जाति अघि बढे हामी किन पछि पछि
मानसिकता बदलेर उन्नतिको शिखर चढौं
रिस, राग, घमण्डलाई आत्मैदेखि त्यागौं अब
एक अर्कामा विश्वास गरौं अनि अघि बढौं
यत्रतत्र सर्वत्र छरिएका हामीहरू
ठकुरी सबै एक हौ सँगै बाँचौंसँगै मरौं । (पृ. ८२)
देशमा जातीय युद्धको बिजारोपण गरिएको छ । यसर्थ पनि सम्पूर्ण जातजाति आफ्नो जातिको उन्नतिका लागि एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ । रमेशले भनेझै यसरी नै अगाडि बढ्नुपर्ने समयको माग हो । अन्तमा के भन्न सकिन्छ भने अन्य कुराहरू जे जस्ता भएतापनि, ठकुरी युवा परिवार कास्कीले जुन प्रयास ग¥यो, यो स्तुत्य रहेको छ । यो प्रयासका लागि युवा परिवार र सम्पादन मण्डललाई सलाम व्यक्त गर्नैपर्छ । युवा परिवारले यो समुदायका लागि लगाएको गुनको ऋण कहिल्यै र कसैले पनि तिरेर सक्दैन । सम्पूर्ण ठकुरी परिवारका सदस्यहरूका लेख, रचना, भावना र विचारलाई समावेश गरिएकाले समयको कुनै कालखण्डमा प्रस्तुत पुस्तकलाई समयले खोज्दै आउनेमा विश्वास गर्न सकिन्छ । किनभने कृतिमा ठकुरी समुदायको भाषा, संस्कृति, विगतको इतिहास र वर्तमानको अवस्था जस्ता विविध विषयहरूलाई समावेश गरिएकाले चौथो पुस्तक मानक बन्न सफल भएको छ । प्रस्तुत पुस्तक यो समुदायको उत्कृष्ट दस्तावेजको सङ्ग्रहालय नै । आगामी दिनमा पनि युवा परिवारले यो भन्दा उत्कृष्ट कार्य गर्दै जाओस् सफलताको शुभकामना ।

असफल गौतम
Post a Comment