0
पोखरा १६ साउन ।
नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिको बैठक शुक्रबार पोखरामा सुरु भएको छ । करिब एक वर्षदेखि बस्न नसकेको बैठक आन्तरिक द्वन्दलाई न्युनिकरण गरी पोखरामा आयोजना गरिएको हो । बैठक तीनदिनसम्म चल्नेछ । बैठकमा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय समितिले गर्नुपर्ने विभिन्न कार्य र गठन गर्नुपर्ने विभिन्न विभागका साथै युनियनमा आवद्ध संस्थाको प्रतिवेदनहरुमाथि छलफल गरिने कार्यक्रम छ । आगामी वर्षका लागि ट्रेड युनियन कांग्रेसले विभिन्न नीति तयार गर्ने र श्रमऐनको पुनरावलोक गर्दै श्रमिकहरुको हकहित र सुरक्षाका लागि अपनाउनुपर्ने बाटोका बारेमा पनि बैठकमा छलफल हुनेछ । बैठकको प्रारम्भमा समसामयिक अवस्थाका बारेमा ट्रेड युनियन कांग्रेसका राष्ट्रिय समितिका अध्यक्ष खिलनाथ दाहालले बैठक आयोजना गर्नुमा भएको ढिलाई र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै केही दिनअघि मनोनित गरिएका सदस्यहरुको परिचय गराएका  थिए । बैठकमा युनियनका महासचिव महेन्द्र यादवले सांगठिनक प्रतिवेदन ्रप्रस्तुत गर्दै अन्य प्रतिस्पर्धी संगठनहरुको तुलनामा ट्रेड युनियन कांग्रेसले रचनात्मक काम गरिरहेको बताए । शुक्रबार महासचिव यादवको प्रतिवेदनमाथि बैठकमा सहभागीहरुले आ–आफ्ना धारणा राखेका थिए । यसैगरी युनियनका उप–महासचिव केदार कोइरालाले आmू सम्पादक रहेर प्रकाशन गरेको श्रम सन्देश पसित्रकाका बारेमा जानकारी गराएका थिए । बैठकमा ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति, विभिन्न आवद्ध संस्थाका अध्यक्षहरु र युनियनका क्षेत्रीय अध्यक्षहरु गरि करिब ८० जनाको सहभागिता रहेको छ । बैठकको शुभारम्भका अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्ने वक्ताहरुले ट्रेड युनियन संगठनहरु कमजोर भए प्रजातन्त्र कमजोर हुने बताएका थिए । युनियनको राष्ट्रिय समितिका अध्यक्ष खिलनाथ दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा फ्रेड्रिक इबर्ट स्टिफ्टङ (एफ.ई.एस.) नेपालका प्रतिनिधि चन्द्रदेव भट्टले धेरै नेता भयो भने नीति नहुने बताउँदै प्रजातन्त्र वा लोकतन्त्रलाई बलियो बनाउन ट्रेड युनियनहरु राष्ट्रमा बलियो हुनु पर्नेमा जोड दिए । जीवन र जगतकालागि शिक्षा महत्वपूर्ण रहेकाले त्यस तर्फ ध्यान दिनु पर्ने उनको सुझाव थियो । राजनेता बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै उनले विचार सार्थक रहेकोले ब्यवस्थापन पक्षमा सक्षम हुन आग्रह गर्दै सम्बृद्ध नेपाल निर्माणमा मजदुरहरुको ठूलो भूमिका रहेको र सधंै रहनेमा जोड दिएका थिए । उद्घाटन सत्रमा युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम्जी कुँबरले काँग्रेसको सिङगो नीति टे«ड युनियन काँग्रेसले बोकेको स्मरण गर्दै सकारात्मक सन्देश प्रवाह गर्न सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सहभागी ट्रेड युनियन कांग्रेसका नेता तथा कार्याकर्ताहरुलाई बसोवास तथा ब्यवस्थापनमा नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय समितिले ब्यवस्था गरेको बताउँदै अध्यक्ष मुरारी शर्माले संगठन बलियो बनाउन सबै लाग्नुपर्ने बताए । शुभारम्भ कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बराललले ट्रेड युनियन काँग्रेसको नीतिलाई पूर्णता दिन आफू लागि पर्ने बताइन ।  श्रमिकका मुद्धालाई संविधानमा समावेश गराउन ट्रेड युनियन काँग्रेस हरतरहले लाग्नुपर्ने उनको जोड थियो । नेपाल ट्रेड युनियन काँग्रेसको बैठक चितवन महाधिवेशन पश्चात तेस्रो भए पनि आन्तरिक विवादका कारणले महत्वपूर्ण निर्णयहरु गर्न नसकिरहेको आवस्थामा लामो प्रसापछि पोखरामा बैठक हुन लागेको हो ।

Post a Comment

 
Top