0
पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियशन (सिटी रेवान)को १३आंै साधारण सभा तथा सातौ अधिवेशनले आगामी तीन वर्षका लागि पुनः के.पी शर्मा पाध्यालाई अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा निर्वाचित केपी पोखरामा न्यूरोडमा रहेको होटल दीपसागरका संचालक हुन् । निर्वाचन समितिका संयोजक जगन्नाथ ढकालले गोल्डेन न्यूज दैनिकलाई दिएको जानकारी अनुसार समितिको प्रथम उपाध्यक्षमा पिताम्बर पौडेल, द्वितीय उपाध्यक्षमा पार्वती जि.सी, महासचिवमा दीपक तिमिल्सिना, सचिवमा जीवन दाहाल, कोषाध्यक्षमा दीपक नेपाल, सह कोषाध्यक्षमा बन्धु सुवेदी चयन चएका छन् । यस्तै समितिको सदस्यहरुमा वीरेन्द्र शेरचन, जीवन गुरुङ, नेत्र ढकाल, केशव घिमिरे, निशा पन्थी, तिष्णा गौतम, रामप्रसाद ज्ञवाली, दिनेश महर्जन र बाबुराम पौडेल रहेका छन् । यसअघि साधारणसभाको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले हरेक व्यवसाय कानून अनुसार नै संचालन हुनुपर्ने बताए । व्यवसायीबाट राज्यको ऐन कानून मिच्ने प्रवृत्ति बढ्दै गइरहेको भन्दै उनले भने –त्यस्तो प्रवृति स्वीकार्य हुँदैन । पर्यटकीय नगरी पोखरामा होटल तथा रेष्टुरेण्ट छिटो बन्द गराउँदा व्यवसायीबाट गुनासो आइरहेको भन्दै उनले केहि समय बढाउने विषयमा छलफल भै रहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख बसन्त लामाले व्यवसायीलाई दुःख दिनु  प्रशासनको नियत नभएको स्पष्ट पारे । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय खाना र स्तरीय सेवा उपलब्ध गराउन आग्रह गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संजीवबहादुर कोइराला, क्षेत्रीय होटल सङ्घ पोखराका महासचिव लक्ष्मण सुवेदी, रेवान पोखराका उपाध्यक्ष चौबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पृथ्वी होटल व्यवसाय समितिका अध्यक्ष रिजन शेरचन, फेन्सी व्यवसायी समितिका अध्यक्ष मिनराज काफ्ले, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, संरक्षक प्रजापति पराजुली, निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने र संस्थाका सल्लाहाकार चिरञ्जीवि श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए । सिटी रेवानका अध्यक्ष के.पी. शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष पिताम्बर शर्माले स्वागत र महासचिव दीपक तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top