0

हाइकु भन्नासाथ हामीले ५–७–५ को संरचनालाई बुझ्ने गर्दछौं र सत्य पनि यही नै हो  । हाइकु लेख्नका लागि मात्र नभएर गहनता र शिल्पगत रूपमा हुनुका साथै सुन्नका लागि पनि त्यतिकै कर्णप्रिय हुनु जरूरी छ भन्ने मलाई लाग्दछ । हाइकुका संरचनाका बारेमा धेरै कुराहरू हाइकु ः आलेख र अभिलेखमा आई सकेका छन् । यस पुस्तक हाइकु इतिहासकै एक अभिलेखनिय पुस्तकका रूपमा रहेको छ भन्दा दुइ मत नहोला । यतिखेर मैले नेपालमा हाइकु भित्रिए यता यस कृतिमा समावेश गरिएका नेपाल भाषामा रचना गरिएका हाइकुहरूका बारेमा जानकारी दिने प्रयासमा छुः
१.विक्रम सम्वत २०१९ सालमा कवि शंकर लामिछानेले सूर्योदय पत्रिकामा पहिलो पटक हाइकुको प्रकाशन गरेपश्चात नेपालमा हाइकु विधा भित्रिएको मानिन्छ ।
२. नेपाल सम्वत ११०३
(अर्थात ३१ वर्ष अगाडि विक्रम सम्वत २०३९÷०४० साल) बाट भने प्रकाशन गर्ने प्रचलनको चरण आरम्भ भएको थियो ।
३. नेपाल सम्बत ११०९
(अर्थात २५ वर्ष अगाडि विक्रम सम्वत २०४५ साल) मा माकोतो उएदाद्वारा लिखित “न्हुँ जापानी हाइकुसङ्ग्रह” लाई डा. हिमांशु थापाले अनुवाद र कवि दुर्गालाल श्रेष्ठले सम्पादन गरेर प्रकाशन भएपछि हाईकु लेखनको कार्य अगाडि बढेको थियो ।
४. नेपाल भाषामा हाइकु प्रकाशन गर्ने प्रथम नेपाल भाषाका हाइकुकार (हाईजिन) तवः मरूः हुन । साहित्यकार विमल ताम्राकारले नेपाल सम्वत ११११ (२८ वर्ष अगाडि विक्रम सम्वत २०४७ साल) मा नेपाल भाषाको दोस्रो हाईकु सङ्ग्रह “तिलिकता स्वाङ” प्रकाशन गरेका थिए । यसरी नेपाल भाषामा हाइकु प्रकाशन हुन लागेको पनि ३० वर्ष पुग्न लागि सकेको छ । यस विचमा नेपाल भाषाका हाइकुहरूमा थुप्रै सम्भावनाहरू रहेको कुरालाई नकार्न सकिन्न । किन भने नेपालमा नै हाइकुहरू कम प्रकाशन भई रहेको अवस्थामा नेपाल भाषामा हाइकु प्रकाशन थेरै नै भएको मान्नु पर्दछ ।
५. नेपाल सम्बत ११२२ (१२ वर्ष अगाडि, विक्रम सम्वत २०५८ साल) मा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान र नेपाल निप्पन रिसर्च सेन्टरको संयुक्त आयोजनामा नेपालमा पहिलो हाइकु सम्मेलन सम्पन्न भएको थियो । जसमा नेपाल भाषाका हाइकु लेख्ने साहित्यकारहरू सहभागि भएका थिए भने साहित्यकार क्षेत्रप्रताप अधिकारी, डा. रामदयाल राकेश, राकेश पाण्डे र चेतनाथ धमला समेतको सहभागिता रहेको थियो । ६. विक्रम सम्वत २०६९ सम्ममा नेपाल भाषाका ५३ वटा हाइकु सङ्ग्रहहरू प्रकाशित भई सकेका छन् । जुन नेपाल भाषाका हाइकु लेख्नेहरूका लागि सन्दर्भ सामाग्रीहरू जुटाउन एकदम सरल र सहज भएको छ ।
७. यस हाइकु ः आलेख र अभिलेख पुस्तकमा नेपाल भाषाका ४० जना हाईजिनहरूका हाइकुलाई समावेश गरिएका छन् । यसै पुस्तकको पेज ७७ बाट पेज ८६ सम्ममा नेपाल भाषाका हाइकुहरू प्रकाशन गरिएका छन् । जसमाः अगिब बनेपाली, डा. आनन्द जोशी, इश्वरी मैया श्रेष्ठ, डा. उषा अमात्य श्रेष्ठ, एच. के. कपाली, किरण शाक्य, कृष्णभक्त बोडे, तवः मरू, तुयु पू, दया खड्गी “बेचैन”, दि.दि.शि., दिनेश शिल्पकार, पुष्प नकःमी, पुष्प मुनकःमि, पुष्परत्न ताम्रकार, बद्री बेदना, बद्रीलाल श्रेष्ठ, बुद्ध नेवा, मजनु महर्जन, मदन श्रेष्ठ, माधवलाल कर्माचार्य, मिलन शाक्य, मुबिन शाक्य, मोक्षबहादुर अमात्य, मङ्गल नारायण जोशी, रजमाइल श्रेष्ठ, रत्न काजी मन, रवि बज्राचार्य, रबिसन शाक्य, राजु साय्मि, राधाकृष्ण श्रेष्ठ, रामभक्त कायस्थ, रामलाल श्रेष्ठ, रामा शाक्य, रामेश्वर जलन, विजयरत्न असंवरे, विमल ताम्राकार, वंशीधर बज्राचाय, शाक्य सुरेन र सौरभ शाक्य रहेका छन् ।
८. यस कृति हाइकु ः आलेख र अभिलेख पुस्तकका नेपाल भाषाका प्रतिनिधि हाइकुहरू खास गरी सामाजिक विसंगती, अन्धविश्वासी प्रथा, राजनैतिक सचेतना, देशभक्ती, जीवन बोध, क्रान्ति, शान्ति, यथार्थ बोध र श्रृङ्गारमा पनि कोरिएका छन् । यस पुस्तकमा समावेश भएका हाइकुहरू मध्ये केही नेपाल भाषाका हाइकुहरू रसोही हाइकुलाई नेपालीमा अनुवाद गरेको छु । जुन यस प्रकार रहेका छन् ः
अगिव बनेपाली,
कोइलीया खँ, क्वः
यात झंग लाः हं,
निम्ह हाकुपिं ।
नेपाली भाषा,
कोइलीको बात,
कागले झुक्याउँछ,
ती दुई काला ।
ईश्वरी मैया श्रेष्ठ,
थौंया युवापि,
स्वतन्त्रगु संस्कार,
लोमंकल देय् ।
नेपाली भाषा
आजका युवा,
स्वतन्त्र छ संस्कार,
देश विर्सियो ।
माधवलाल कर्माचार्य
गंगु खुसिब्वं,
खितिं चुईको मफु,
पाप चुइकी ला ।
नेपाली भाषा
कस्तो नदी यो,
मैला नै पखाल्दैन,
पाप पखाल्ला ?
सौरभ शाक्य
हयाउँ ख्वा सूद्यो ।
मनूया ख्वालय् इला,
क्रान्ति खनाच्वं ।
नेपाली भाषा
रातो मुहार,
सूर्यको आभा पोत्दा,
क्रान्ति देखियो ।
किरण शाक्य
बेसाः भाः थिके,
पिने नारा जुलुश,
छेंय भूत मच्या ।
नेपाली भाषा
भाउ चुलियो,
नारा बाजी बाहिर,
चुल्हो बलेन । 
पुष्परत्न ताम्राकार
वसन्तया स्वां,
चकंक ह्वयावल,
स्वस्वं हे न्ह्येपु ।
नेपाली भाषा
बसन्त पूmल,
ढकमक्क पूmल्दैछ,
मनै प्रशन्न ।
नेपाल भाषामा प्रकाशित हाइकु सङ्ग्रहहरू ःतबः मरूः १.नेवा हाइकु –११०३, बिमल ताम्राकारकाः तिलिकता स्वाँ–११११, साकुरा–१११५, बंगलह–१११६, तिकास्वां–११२८, फय्गं–११३१, दया खड्गी बेचैनका सच्छिकु हाइकु–१११९, न्ययु हाइकु–११२३, तकुस्याँ–११२४, तुयु पूका निपला–११२०, कझां दुने जि–११२३, पालिजा स्वां–११२६, निभाः जः–११२७, कृष्णभक्त बोडेका जिगु लू–११२२, मिचल दुने–११२५, अजिस्वां–११२६, भ्वंस्वां–११३१, बद्री वेदनाका सनिालया इलय्–११२५, ग्वँय्स्वां–११२६, सौरभ शाक्यका हिसिल्–११२५ र चुलिजा ः गु वु–११२८, सुधिर ख्ववि हायावंगु हः–११२७, दुर्गालाल श्रेष्ठ, हाइकु–२१०–११२७, अगिव बनेपालि, दुरूघा–११२७, इश्वरी मैया श्रेष्ठ मुखुमब्यनिगु स्वां–११२८, रामकृष्ण श्रेष्ठ, स्वब्यनाव गु सः–११२८, कृष्ण मोहन जोशीन्हयाना च्वंगु खु–११२९, भुषणप्रसाद श्रेष्ठका खिचा पुजा–११२९, याः दुगु पुजा–११३०, हाकनं छक्वः–११३० र स्वंग गुमिखा–११३०, डा. आनन्द जोशीका  खंग्य सीमाहीन सीमाहीन जि–११३०, न्हुगु दिशाय् जि चेतनाया लबु–११३३, राधाकृष्ण श्रेष्ठ प्यसः व पीप्यकु हाइकु–११३०, रामभक्त कायस्थ तिकिया फुति–११३१, विजयरत्न असंबरे हाइकु–५२–११३१, मिलन शाक्य सुथः या खसु–११३२, बुद्ध नेवा वंचुगु सर्ग–११३२, च्वमि ल्या–२० म्ह सपूm ल्या–४५ रहेका कृतिमा उल्लेख छ । यसैगरी सैद्धान्तिक हाइकुका नेपाल भाषामा प्रकाशित पुस्तकहरूमाः न्हु जापानी हाइकु–११०९  (माकोतो उएदा) भाषानुवाद ः डा. हिमांसु थापा, सम्पादकः दुर्गालाल श्रेष्ठ, हाइकु गथ्ये च्वयगु–११२०, बिमल ताम्राकार, हाइकु गथ्ये जुयमा–११२६, बिमल ताम्राकार, हाइकुया चाकः दुने–११२८ कृष्णभक्त बोडे, हाइकु छगु अध्ययन–११२८इन्द्र माली, हाइकुया लागाय्–११३१ इन्द्र माली, झी हाइजिन झीगु हाइकु–११३२ इन्द्र माली, रहेका छन् ।
पोखराको सन्दर्भमा पहिलो पटक हाइकुका बारेमा जानकारी दिने उद्देश्यका साथ २०६० वैशाख १९ गते शुक्रबार पोखराकै स्थानिय पत्रिका सञ्चार दर्पण साप्ताहिकमा कविको ज्ञान, सीप र शिल्प हो हाइकु कविता भनेर हाइकुको उत्पत्तिदेखि हाइकुको सैद्धान्तिक सिद्धान्तसम्मको एक लेख मैले (सुरभी सौरभको नामबाट प्रकाशन गरेको थिएँ । सायद त्यतिखेर पोखरामा हाइकु लेख्ने कोही थिएनन जस्तो लागेर अब हाइकु साहित्यलाई पोखराबाट पनि निरन्तरता दिएर थप विकास गर्नु पर्दछ भन्ने लागेर उक्त लेख प्रकाशन गरेको थिएँ त्यस पछि २०६० मंसिर १३–१४ गते समाधान राष्ट्रिय दैनिकमा रेणुका भट्टराईको हाइकु साँकुरा र सुस्केराको समिक्षात्मक लेख पनि प्रकाशन गर्ने अवसर मिलेको थियो । त्यस पछि २०६१ फागुन १० गते सोमबार हाईकु एक, चर्चा अनेक शिर्षकमा हाइकु लेखनका लागि हाइकुको प्रारम्भ, आवश्यक सैद्धान्तिक पक्ष, रचना पक्ष,  पोखरामा हाइकु लेखनको आरम्भका बारेमा र लोक हाइकुका बारेमा पनि चर्चा गरेको थिएँ । जुन यतिखेरको समयमा एक इतिहास हुन लागेको महशुस भएको हुनाले यसको पुनरावृत्ति गरेको मात्रै हुँ । हाइकु लेख्नै पर्छ जीवनमा भन्ने छैन, तर हाइकु लेख्नुको मज्जा नै अर्कै हुन्छ भन्ने हरूका लागि भने हाइकु लेखनका कुरा हुन सक्दछ । मूलतः मैले हाइकु लेख्न थालेको २०४२ भदौ १८ गतेबाट रहेछ भने मेरै कृति अर्को सगरमाथा (२०४५ कार्तिक २२) मा केही हाइकु प्रकृतिका रचनाहरू प्रकाशन भएका थिए । यस्तै २०४६ असार ७ गते रेडियो नेपालबाट प्रसारण हुने साहित्य संसारमा मेरा हाइकु प्रकृतिका रचनाहरू प्रसारण भएका रहेछन् । सृजना स्मारिका, वर्ष २०४७ अंक–२, मा पहिलो पटक पोखरामा मेरो हाइकु प्रकृतिका रचनाहरू प्रकाशन भएको रहेछ । जुन कुरा मेरो अभिलेखमा सुरक्षित रहेको छ । यो कुरा किन मैले लेखिरहेको छु भने हाइकु पोखरामा कसले पहिला लेख्यो भन्ने भोलिका दिनमा अध्ययन अनुसन्धान हुन सक्ला, तर मैले यी कुराहरू लेखें भने भोलिका दिनमा पोखरामा हाइकुका बारेमा थप अध्ययन र अनुसन्धान गर्न सजिलो होला भन्ने मेरो अभिप्राय मात्र हो । अन्तमा “हाइकु ः आलेख र अभिलेख” पुस्तकले हाइकु नलेखेका श्रष्टाहरूलाई पनि हाइकु लेख्ने हुट्हुटी वा खँदिलो उर्जा प्रदान गर्नेछ भने हाईकु लेख्नेहरूलाई अझ बढी लेख्नका लागि प्रोत्साहन मिल्नेछ भन्ने मैले ठानेको छु । सम्पादक असफल गौतमको झण्डै एक दशक लामो खोज, अध्ययन र अनुसन्धानको अथक प्रयासपछि प्रकाशन भएको पुस्तक विश्वविद्यालयका लागि अत्यन्त उपयोगी र खँदिलो सन्दर्भ सामग्रीको रूपमा सावित हुने छ । यस पुस्तक हाइकुको इतिहासमा एक कालजयी र मानक पुस्तकका रूपमा रहने छ । चाहे यहाँ उल्लेख गरिएका विषयवस्तुका गुणस्तरका हिसाबले होस् । चाहे कृतिको संरचनात्मक गुणात्मक पक्षका हिसाबले होस् । सम्पादक असफलले कृतिलाई उत्कृष्ट बनाउन कुनै कसुर राखेका छैनन् । उनले अबको ५० वर्ष पछिको सन्दर्भ सामग्री बनोस भन्नकै लागि भित्री कागज (इन्डोनेसियन ८० ग्राम, जुन कागज एक रिमको मूल्य ४ हजार पर्छ वर्तमान समयमा पोखरामा) र छपाइ पनि उच्च गुणस्तरको (सिटीपी) गरेका छन् । अत्यमा नाम असफल भए पनि हाइकुको विकासका लागि अत्यन्त सुखद् तथा सफल प्रयासलाई । पछिल्लो पुस्ताका हाइकुका विद्यार्थी अध्येताको छवी बनाउन लागेका असफललाई गौरवका साथ सलामयसै लेखमार्फत यतिखेरः
राम्रो हाइकु
आलेख अभिलेख,
मूलको पानी ।
जय हाइकु ।
दिलिप दोषी

Post a Comment

 
Top