0
बालगोपाल भजन कीर्तन सेवा समिति गौंडाको नेवा खलको आयोजनामा क्वांटी उत्सव तथा गाइजात्रा उत्सव २०७१ सम्पन्न भएको छ । सानु महर्जनले भ्वाइलिनमा राष्ट्रिय गान बजाएर शुरु भएको उत्सवमा नेवारी संस्कृतिमा आधारित तर पछिल्लो समयमा लोपोन्मुख मानिएको लाखे नाच, तायमचा नाच, नेवारी गीतमा बिभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पालिखेले  सांस्कृतिक उत्सबले परम्परा देखि चल्दै आएको मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने उल्लेख गर्दैै हरेक जातजातीले आफ्नो भाषा संस्कृति जोगाउन लाग्नुपर्ने कुरामा जोड दिए । यसैगरि भद्रकाली बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष बजिरमान श्रेष्ठले उत्सबबाट समाजमा एक अर्का प्रति भावनात्मक सम्बन्ध बिस्तार गर्न ठूलो सहयोग पुग्ने बताए । मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदासले गाइजात्राको महत्वको बारेमा चर्चा गरेकी थिइन । बालगोपाल भजन कीर्तन सेवा समितिका अध्यक्ष डम्बर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ल्याम्म पुचका सल्लाहकार कल्याण ढेवाजु, सोनी ढेवाजु, मिना श्रेष्ठ, रोज कुमार श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए । उत्सवमा नेवारी खाजाकोरुपमा प्रचलित समयबजी, तथा बिभिन्न नौ थरी गेडागुडी बाट तयार पारिने क्वाँटी खानाको बिशेष आर्कषणको रुपमा रहेका थिए । उत्सवमा सहभागिहरुले उक्त परिकार मिठो मानेर खाएका थिए । सो अवसरमा बिपि मार्ग स्थित कुँडहर ल्याम्म पुचले बाँसुरीको धुन, साजन परियार ले गीत तथा गायक बिनित जोजिजुले नेवारी गीत प्रस्तुत गरेका थिए । यस बर्षको गाइजात्रा साउन २६ गते परेपनि गाइजात्राको उपलक्ष्यमा आयोजना गरिने उत्बस तथा महोत्सव भने केही अघिपछि मनाउन लागिएको छ ।
क्वाँटी उत्सव तथा गाइजात्रा उत्सव सकिए लगत्तै साउन ३० र ३१ गते नेवा खल कास्कीको आह्रवान तथा भिमसेन टोल सुधार समितिको आयोजनामा भिमसेन टोलमा गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता हुने भएको छ । जसमा पोखराका विभिन्न २६ टोलका तायमचा नृत्यको प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष सुरेश बजिमयले बताएका छन् ।

Post a Comment

 
Top