0


कास्की जिल्ला विकास समितिबाट सेती नदी लगायत अन्य स्थायी प्रकारका खोला र खहरेखोला तथा नदिको किनाराबाट ढुङगा, गिटी, वालुवा तथा रोडा संकलन गर्ने र उत्खनन् गर्ने कार्यले  पार्ने प्रभावका वारेमा सरोकारवालाबाट मागिएको राय सुझावका सम्वन्धमा यस पुरुन्चौर गा.वि.स.कार्यालयमा मिति २०७१।३।२४ मा प्राप्त भएको पत्र एवम् सूचनाले हामी सवै सरोकारवालाको ध्यानाकर्षण भएको छ । हामीले यस सूचना प्राप्त गर्नु भन्दा अगाडी नै गा.वि.स.कार्यालय मार्फत त्यस कार्यालयमा सिफारीस सहीत पुरुन्चौर घाचोक खण्डको ढावको मोटरेवल पुल र त्यस नजिकै रहेको करीव ५०० रोपनी जग्गाको संरक्षण गर्ने उद्देश्य राखि सोही खण्डको सेती नदिको किनारमा सञ्चालन गरिएको ढुङगा, गिटी, वालुवा तथा रोडा संकलन गर्ने र उत्खनन् गर्ने खानी वन्द गरीयोस् भनि हस्ताक्षर सहीत मिति २०७१।३।४ मा गा.वि.स.कार्यालय मार्फत त्यस कार्यालयमा अपिल गरेको व्यहोरा स्मरणार्थ स्थानिय विकास अधिकारीलाई पठाएको थियो । साथै सम्वन्धित सरोकारवालाको गुनासो र मागलाई सकारात्मक सम्वोधन गरी पूर्व सञ्चालनमा आएको खानी ठेक्का रोक्न र अवका दिनमा खानी सञ्चालनमा निषेध हुने कुरालाई  विस्वासका साथ यस भेकका जनता ढूक्क भएर बसेका थिए ।तर जनस्तर देखि उठेको विषयलाई गम्भीर रुपमा नलिई आगामी वर्षको लागि पनि ढुङगा, गिटी, वालुवा तथा रोडा संकलन गर्ने र उत्खनन् गर्ने खानी सञ्चालन गर्नको लागि ठेक्का दिएको खवरले सवै सरोकारवालालाई स्तव्ध वनाएको छ । यसका वारेमा पुन ध्यानाकर्षण गर्दै यस गाँउको सेती नदिमा वनेका पुलहरु–पुरुन्चौर घाचोक जोड्ने मोटरेवल पुल,पोखरावासीले पिउने मर्दिखोलाको पानी तार्ने पुल तथा पुरुन्चौर हेम्जा जोड्ने नवनिर्मित पुल) र सेती नदिको पानीको नदिको पुर्व पट्टी काटेको खेतीयोग्य जमिनको संरक्षणको लागि सम्वद्ध निकायको ध्यानाकर्षण गर्न र त्यस क्षेत्रमा सञ्चालनमा रहेका खानी यथासक्य छिटो वन्द गर्नका लागि माग तथा  सुझाव पेश गरी परञ्चौर गा.वि.स.को सिफारीस सहित वुझाएका छन् ।
(सुझाव नं. १)
यस पुरुञ्चौर गा.वि.स.को चितेपानी देखि गाँडापारी, ढाव हुँदै घाचोक जाने ग्रामिण सडक खण्ड(मोटर वाटोको योजना) मा राष्टिूय योजना अन्तर्गत निमार्ण भई सम्पन्न हुन लागेको मोटर गुड्ने पक्की पुलको करिव ८०० मिटर उत्तर र २०० दक्षिणका साथै घाचोकपट्टीको किनारमा विगत केहि वर्षदेखि सञ्चालनमा आएको ढुङ्गा, वालुवा तथा गिटीको उत्खनन्(खानी)का कारण पुल निर्माण हुँदा नहुँदै धरापमा देखिएको छ ।यसै गरी सोही ठाँऊमा  पुरुञ्चौरवासीको लगभग ५०० रोपनी खेतीयोग्य जमिन पनि नदिको कटानीको कारण असुरक्षीत भई किसानले लगाएको खेतीमा समेत प्रतिकुल प्रभाव समेत देखिन थालेको छ । तल्लो ढावको उत्तर पट्टीको खेतको नजिक नदिको किनारमा खानी सञ्चालनको कारण वर्षेनी नदिको वहाबले कटान गरी आवादी खेत र खेती वगाई नष्ट गरीरहेको छ । यसको संरक्षण समयमै हुन नसेकेमा निकट भविष्यमा पुल लगायत खेतीयोग्य जमिन ठुलो जोखीम आई राष्ट्रिय क्षति हुने प्रवल सम्भावना देखिएको छ । तसर्थ यसलाई रोक्नको लागि हाल सञ्चालनमा आएको खानी तुरुन्त वन्द गर्नुपने छ ।
(सुझाव नं. २)
खानी सञ्चालन भएकै कारण पुरञ्चौर हेमजा जोड्ने सेती नदिमा हालै निर्मित मोटरेवल पुल र पोखरावासीको पिउने पानीको मुल श्रोत मर्दिखालाबाट पोखरा लैजाने पिउने पानी विछ्याएको पुल र पाइप विछ्याएको नदिको किनारमा विगतमा वनाइएको तटवन्ध समेत असुरक्षित भई वर्षाको समयमा पाइप वगाएर पिउने पानी अवरुद्ध भएका दुःखद घटनाहरु हाम्रा सामु रहेका छन् । साथै २०६९ वैसाख २३ गते सेती नदिमा आएको वाढीले पिउने पानीको संरचना भत्काएर पोखरावासीलाई कहिल्यै नविर्सिने दुःख अनुभव छाप छोडेको इतिहास हाम्रा सामु छँदैछ । यस्तो अवस्थामा अझै पनि सम्वद्ध निकाय गम्भीर हुन नसकेमा भविष्यमा झन् ठुला वर्वादीका जोखीम आउन सक्ने छ । यस परिस्थितिलाई मध्यनजर राखि यस क्षेत्रको संरक्षणका लागि खानी सञ्चालन वन्द गर्न सुझाव दिइएको छ ।
(सुझाव नं. ३)
राज्यको कोष खर्च गरी भौतिक संरचना तयार गर्ने तर त्यस्को संरक्षण र टिकाउमा सम्वद्ध निकायको ध्यान नजाने गलत नीति तथा संस्कृतिका कारण बन्दै गरेका भौतिक पूर्वाधार र संरचना जोखीममा पर्ने कुरालाई समय मै सच्याएर जानको लागि ध्यानाकर्षण गरीएको छ ।
 माथि उल्लेख गरिएका माग तथा सुझावहरु जि.वि.स. कास्कीमा सम्वन्धित सरोकार वालाहरुले हस्ताक्षर गरी पेश गरेका छन् । यस सम्वन्धमा सम्वद्ध निकायले समय मै कदम चाली समस्याको समाधान नगरेमा कडा भन्दा कडा सङ्घर्षका कार्यक्रम ल्याउने र त्यस क्षेत्रमा जाने मालवाहक ट्रक लगायत ट्याक्टर लाई जनस्तरबाटै निषेध गर्न वाध्य हुनेछन् ।
सम्पूर्ण सरोकारवालाहरु

Post a Comment

 
Top