0
भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीको आगामी आइतबारदेखि हुन लागेकोे नेपालको औपचारिक भ्रमण मुलुुकको विकास लागि भारतीय सहयोगका क्षेत्रहरू पहिल्याउन उपयुक्त अवसर हुने पूर्व परराष्ट्रमन्त्रीहरूले बताएका छन् ।  मुलुकको आर्थिक(सामाजिक विकासका साथै पारस्परिक विश्वास, शताब्दिऔँ पुरानो द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन कूटनीतिक सुझबुझका साथ कार्यसूची बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । विशेष परिस्थितिमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुन लागेकाले राजनीतिक दललाई साथमा लिएर सरकारले भ्रमणलाई उपलब्धिमूलक बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने तथा राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने गरी पारस्परिक लाभ र समानतामा आधारित सन्धि–सम्झौता एवम् व्यवहार गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका छन् ।
सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणले आपसी सद्भाव, सहकार्य प्रव
द्र्धन र उच्च राजनीतिक तहमा हुने वार्ताले नेपालको चौतर्फी विकासका सम्भावनालाई उजागर गर्ने भएकाले नेपाल र नेपालीको सर्वोपरी हितमा केन्द्रित रहेर विकास–निर्माणका प्याकेज बनाउनुपर्ने र त्यस निम्ति भारतीय सहयोग जुटाउन विशेष प्रयास हुनुपर्ने आवश्यता पनि उनीहरूले औँल्याएका हुन् । छिमेकसँगको महत्व राम्ररी बुफ्नुभएका प्रधानमन्त्री मोदीको भ्रमणलाई राष्ट्रिय हितका खातिर सार्थक तुल्याउन सरकारी स्तरमा आवश्यक गृहकार्य गरेर दीर्घकालीन हित एवम् विश्वास अभिवृद्धिका निम्ति साझा रणनीति तयार गर्नु उत्तिकै आवश्यक भएको उहाँहरूको अभिमत छ । राष्ट्रका सबै दल एकताबद्ध भएर देश र जनताको उन्नयनका लागि ‘एजेन्डा’ निर्धारण गर्नुपर्ने र भारतको सुरक्षा चासोलगायत विषयमा उसलाई आश्वस्त पारेर विद्यमान सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा पनि उनीहरूले विशेष जोड दिएका छन् । भारतीय विदेशमन्त्रीको हालै सम्पन्न नेपालको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको र त्यसले दुवै देशमा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै उहाँहरूले अतिराष्टूवादले कूटनीति सञ्चालन नहुने भएकाले भारतसँगको युगाँैदेखिको सांस्कृतिक एवम् आर्थिक सम्बन्धलाई बदलिँदो समयअनुरुप नयाँ शिराबाट प्रारम्भ गर्न प्रधानमन्त्री मोदीको भ्रमणलाई उपयोग गर्नुपर्ने सल्लाह दिएका छन् । गरिबीको दुष्चक्रमा पिल्सिएका दुवै देशका अधिकांश जनतालाई राहत दिने प्रशस्त सम्भावना बोकेको नेपालको अपार जलस्रोतको विकास गर्दै नेपाललाई विपन्नताबाट सम्पन्नतातर्फ उन्मुख गराउने उपायको खोजीका लागि पनि भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भरपूर उपयोग गर्नु जरुरी भएको उहाँहरूको ठम्याइ छ । भारतको विदेश नीतिमा नै नेपाल उच्च प्राथमिकता प्राप्त मुलुक भएकाले भारतमा भएको मोदीको उदयलाई नेपालको भाग्योदयका रुपमा पनि प्रयोग हुनु अपरिहार्य भएको विश्लेषण उनीहरूको छ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपाल मोदी भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारले आवश्यक गृहकार्य गर्नुपर्ने र त्यस निम्ति राष्ट्रिय सहमति कामय गर्नुपर्ने बताउँछन् । आर्थिक एवम् भौतिक विकासका स्पष्ट योजना तयार गरेर भारतसमक्ष प्रस्तुत हुनुपर्ने र भावनात्मक कुरा गरेरमात्र दुई देशबीचको बहुआयामिक सम्बन्ध सुदृढ नहुने विचार उनी व्यक्त गगर्छन् । परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाली सक्नुभएका नेता नेपाल प्रधानमन्त्रीको तहमा हुन लागेको भ्रमणप्रति खुसी प्रकट गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सामूहिक प्रयास हुनुपर्नेमा जोड दिए । उनी भन्छन्–‘मोदीजीको भ्रमणबाट विश्वासको जग अझ मजबुत तुल्याउन मद्दत पुग्नेछ, पारस्परिक हित र चासोलाई दुवै पक्षले सम्बोधन गर्नुपर्छ ।’
एकीकृत नेकपा–माओवादी)का नेता तथा पूर्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आर्थिक रुपमा गुणात्मक वृद्धिका साथै दुई देशबीच संवादको प्रक्रियालाई अझ घनिभूत तुल्याउँदै आपसी असमझदारी अन्त्य गर्ने दिशामा प्रधानमन्त्री मोदीको भ्रमण उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरे । विदेशमन्त्री सुषमा स्वराजको भ्रमणबाट सकारात्मक सन्देश प्रवाह भएको र उच्च राजनीतिक तहमा भारतीय प्रधानमन्त्रीसँग नेपालका समस्या एवम् तिनको समाधानका निम्ति खुला र स्पष्ट छलफल गर्न मार्ग प्रशस्त भएको तर्क गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री मोदीको भ्रमणलाई सकारात्मक रुपमा ग्रहण गर्दै आर्थिक सहयोगलाई अझ सुदृढ तुल्याउने र आर्थिक विकासका संभावनाको खोजी गर्नुपर्ने सुझाव दिए ।
‘नेपालप्रतिको भारतीय शासकवर्गको नीति र व्यवहार जे जस्तो छ त्यो अहिले पनि पूर्णरुपमा परिवर्तन भएको छैन तर मोदी सरकारले अवलम्बन गरेको छिमेक नीति उत्साहप्रद भएकाले केही समय प्रतीक्षा गर्नुपर्छ’–समग्रमा भ्रमणलाई सकारात्मक मान्दै उहाँ भन्छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष एवम् पूर्व परराष्टूमन्त्री उपेन्द्र यादव परिवर्तित राष्टिूय एवम् अन्तर्राष्ट्रिय सन्दर्भमा भारतका नयाँ प्रधानमन्त्रीको भ्रमण स्वागतयोग्य भएको बताउँछन् । आर्थिक सम्बन्ध, विकास र पारस्परिक सहयोगको भावनाका साथ हुन लागेको यो भ्रमणलाई नेपालको पक्षमा पार्न कूटनीतिक चातुर्य प्रस्तुत गर्नुपर्ने उहाँको सुझाव छ । ‘आफ्ना कुरा स्पष्ट रुपमा राख्न नेपालका निम्ति यो अवसर हो, आत्मविश्वासका साथ कुरा गनुपर्छ’ नेपाल–भारत आर्थिक सहयोगका विविध विधामा सहयोग जुटाउन पनि भारतीय प्रधानमन्त्रीको भ्रमणबाट फाइदा लिनुपर्ने तर्क गर्दै उनी भन्छन् । जलस्रोत, शिक्षा, सञ्चार, भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा प्रधानमन्त्री मोदीको भ्रमणले पारस्परिक सहयोग र सम्बन्ध विस्तार गर्नेमा उनी आश्वस्त छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री कमल थापा प्रधानमन्त्री मोदीको भ्रमणको ठूलो महत्व रहेका र त्यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बताउँछन्  । उनी भन्छन–यो भ्रमणलाई नेपाल–भारतको हित र सम्वद्र्धनका लागि प्रयोग गर्नुपर्छ, हामीले सकारात्मक रुपमा भ्रमणलाई प्रयोग गर्न सक्याँै भने नेपालको आर्थिक विकासमा ठूलो सघाउ पुग्छ । राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले केही सीमित दलहरूमात्र बसेर गरिने निर्णयले राष्ट्रिय सहमति नबन्ने भएकाले सम्पूर्ण नेपाली जनताको आकाङ्क्षाअनुरुप भ्रमणको कार्यसूची तयार गर्नुपर्ने धारण व्यक्त गरे ।

Post a Comment

 
Top