पोखरा उपमहानगरपालिका वडा नं. ८ सृजनचोकस्थित कृष्ण रानाको घरमा डेरा गरी बस्ने ५ जनाबाट प्रहरीले एक किलो २९८ ग्राम यार्सागुम्वा बरामद गर्नुका साथै पाँचै जनालाई पक्राउ परेको छ ।
प्रहरीले पाएको सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले यार्सागुम्वा सहित उनीहरुलाई जिल्ला वन कार्यालय मार्फत आवश्यक कार्वाही प्रक्रिया शुरु गरेको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए । पक्राउ पर्नेहरुमा म्याग्दीको मलकावाङ गाविसका २८ वर्षीय शंकर छन्त्याल ३१ वर्षीय महेन्द्र छन्त्याल, २४ वर्षीय जगेन्द्र छन्त्याल र २७ वर्षीय रामप्रसाद छन्त्यालका साथै बाग्लुङ बुङ्गादोभानका ३३ वर्षीय लालबहादुर घर्ती रहेका छन् ।
यसैगरी लमजुङको मालिङ गाविस ८ घर भइ हाल लेखनाथ ७ शिशुवा बस्ने २४ वर्षीय सन्देश मगरलाई पनि प्रहरीले लागूओषध सहित पक्राउ गरेको छ । लेखनाथ स्थित निजको कोठाबाट लागू औषध डाइजोपाम, ब्रुपिनरफिम, फेनेरागन, नाइट्रो भ्याट सहित २० पोका गाँजा समेत बरामद गरी लागू औषध ऐन अनुसार कार्वाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । यसैबीच कास्कीको लेखनात नग।रपालिका १३ मजुवामा रहेको स्ट्रोङ एग्रिगेटमा काम गर्ने १९ वर्षीय वीरेन्द्र चौधरीको तनहुँको दुलेगौंडा गाविसको कोत्रे नजिकै सेती नदीमा चिप्लिएर मृत्यु भएको छ । मृत्यु हुने चौधरी कैलाली राजापुर घर भई हाल लेखनाथ–१३ मजुवा बस्दै आएका थिए । नदीबाट मोटरले पानी तान्ने क्रममा चिप्लिएर सेती नदीमा खसेका चौधरीको नदीले बगाएर मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए । सेती नदीको बीच भागमा तैरिएको अवस्थामा लाश देखिएपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । चिप्लएको स्थानदेखि करिब चारसय मिटर तल तनहुँको शुक्ला गण्डकी नगरपालिका ३ चुइने मुढा बन्ने स्थानमा दिउसो ३ बजेतिर उनको शव भेटिएको र आवश्यक अनुसन्धान भने तनहुँ प्रहरीले गरिरहेको छ ।

Post a Comment