0

सहारा क्लब हङकङको आायोजनमा  यहि जुलाई ४ देखि १५ गते सम्म हङकङमा आधारभूत फुटबल तालिम सञ्चालन हुन गैरहेको छ । सहारा क्लब हङकङलका प्रथम उपाध्यक्ष पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको संयाजकत्वमा क्लबका सचिव एवं पूर्व राष्टिय खेलाडी, एनआइएस फुटबल प्रशिक्षक विलबहादुर तामाङ मुख्य प्रशिक्षक, पूर्व राष्ट्रिय खेलाडी तिलक गुरुङ र खुम गुरुङको प्रशिक्षणमा ९ देखि १६ बर्षका बालकहरुलाई सहभागी गराई तालिम प्रदान गरिनेछ । सहारा क्लब हङकङले यस वर्षदेखि प्रत्येक वर्ष वर्षे विदामा यो कार्यक्रम सञ्चालन गर्ने योजना राखेको छ । यो तालिम हप्ताको तीन हङकङको जोर्डनको फुटबल मैदानमा सञ्चालन हुनेछ ।
सहारा क्लब पोखराको शाखाको रुपमा दुई वर्ष अधि स्थापना भएपछि हङकङको व्यस्थ तालिकालाई समायोजन गरि विभिन्न सामाजिक संघ, संस्थाहरु संग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रहसर भई रहेको छ भने अधिल्लो वर्ष हङकङमा सहारा क्लब हङकङको आयोजनामा सहारा साझ २०१४ को आयोजना भएको थियो भने यो वर्ष पनि उक्त कार्यक्रमको दोश्रो संस्करण अक्टोवरमा सञ्चालन हुने भएको छ ।

Post a Comment

 
Top