विग आईकन २०१४मा दोस्रो चरणको अडिसन अन्र्तगत आईतबार ६९ जना अघिल्लो चरण प्रबेश गरेका छन । ११० जनाले सहभागिता जनाएका थिए । बाँकी प्रतियोगीहरुको सोमबार बिहान ८ बजेबाट अडिसन सुरु हुने कार्यक्रम संयोजक सञ्जोक बस्यालले बताए । पहिलो चरण पार गरेका १४६ जना मध्येबाट बाँकी रहेका प्रतियोगिता मा लागि बिहान ८ बजे बाट १० बजे सम्मको समय तोकिएकोले र्निधारित समय भित्र आएर आफ्नो प्रतिभा देखाउन बस्यालले आग्रह गरेका छन । दोस्रो चरणको अडिसन राउण्ड सुरु भएको हो । मंगलबार दोस्रो चरणको अडिसन सकिने एफ ले जनाएको छ । बिग एफएमले आयोजना गरेको खुल्ला एकल गायन प्रतियोगिता बिग आईकनको पाचौ संस्करणमा आबेदन फारम भरेका ८ सय ९० मध्ये पहिलो चरणको अडिसनमा ८ सय २२ जनाले सहभागिता जनाएका थिए । विग आईकनको यो सँस्करणमा ५० जिल्लाका गायन प्रतिभाहरुले सहभागिता जनाएको एफएमले जनाएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको रियालिटि शो करिब दुई महिनासम्म चल्नेछ । बिजेता बन्नको लागि प्रतियोगिले १९ चरणको अडिसन पार गर्नुपर्नेछ । प्रतियोगिताको निर्णायकमा पोखराका अग्रज संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापा रहेका छन् । यसपटक विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमणको मौका पाउनेछन् । यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ ।
बिग आइकनमा ६९ जना अघिल्लो चरण प्रवेश

Post a Comment