नेपाल स्वास्थ्य श्रमिक संघको दोस्रो कास्की जिल्ला सम्मेलन मणिपाल शिक्षण अस्पतालमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रिय अध्यक्ष निशा खरेलले स्वास्थ्य क्षेत्रमा व्यवसायीकरण बढ्दै गएकाले स्वास्थ्य कर्मीहरुले पनि शैक्षिक क्षेत्रमा लगानी गर्न थालेको बताए । स्वास्थ्य क्षेत्रमा भईरहेको विकृती विसंगतिको विरुद्ध आवाज उठाउँदै संवेदनशिल बनेर लाग्न सवैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि राजकाजी गुरुङले पार्टी भित्र भएको गुटलाई लिएर फुटतिर नभई सवै एक भएको पार्टीलाई अगाडि लैजानु पर्नेमा जोड दिए । कम्यूनिष्टहरु अन्र्तसंघर्षबाट नै बलियो हुने भन्दै पार्टी भित्रको समस्यालाई गंभिर रुपमा नलिन आग्रह गरेका छन् । सम्मेलनले दुई सदस्य पछि थप गर्ने गरी शेर बहादुर शाहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा संदिप शाही, महिमा शाइ, बावुराम रानाभाट, सचिवमा छविलाल पौडेल, सहसचिव उदयबहादुर खत्री, कोषाध्यक्ष बिन्दु आले चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विना गौतम, वीरेन्द्र पराजुली, भवानी प्रसाद शर्मा, सूर्य सुवेदी, दामोदर अधिकारी, बसन्ती पौडेल,रवि भट्टराई र रमेश बोहोरा रहेका छ । कार्यक्रममा अखिल नेपाल स्वास्थ्य श्रमिक संघका केन्द्रीय महासचिव शिव के.सी, अखिल नेपाल औद्योगिक मजदुर संघका कास्की जिल्ला अध्यक्ष भोजराज खत्री, रुद्र गौतम, अखिल नेपा ट्रेड युनियन महासंघ कास्कीका कायैवाहक अध्यक्ष राजेन्द्र न्यौपाने, एमाओवादी नेता राजकाजी गुरुङ करण, अखिल नेपाल स्वास्थ्य श्रमिक संघकी केन्द्रीय अध्यक्ष निशा खरेल लगायतले नवगठित कार्य समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कास्कीका अध्यक्ष टंकराज पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Post a Comment