0
पोखरा उप–महानगरपालिका – १४वि. पि. मार्ग स्थित सुन्दरटोल विकास संस्थाको प्रथम साधारणसभा एवं अधिवशन तथा समाजघर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरटोल विकास संस्था तर्दथ समिति अध्यक्ष बलराम लामाको अध्यक्षतामा भएको औपचारीक कार्यक्रम प्रमुख अतिथि समाजसेवी बिमल बस्यालले उद्घाटन गरेका थिए । साधारणसभाको अवसरमा टोलमा नवनिर्मित समाजघरको उद्घाटनका साथै वृक्षारोपण कार्यक्रम पनि गरिएको थियो । माधव न्यौपानेले संचालन गरेको कार्यक्रममा नेपाली कांगे्रस वडा नं १४का सभापति बोधराज बराल, ने.क.पा.एमाले वडा कमिटी अध्यक्ष बल बहादुर सेन्चुरी, समावेशी टोल विकास संस्थाका अध्यक्ष माधव बराल, पत्रकार एल.पी. बन्जारा, समाजसेबी अमृत कार्की लगायतले मन्तब्य राखेका थिए । उनीहरुले आफ्नो टोलको विकासमा आफै लाग्नु पर्नेमा जोड दिए र भविष्यमा सुन्दरटोलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा टोल विकासका  लािग अतिथि र टोलबासीहरुले स्वेच्छिक रुपमा सहयोग गरेका थिए । दोस्रो चरणको बन्द सत्र कार्यक्रममा टोल विकास संस्थाको तदर्थ समिति भङ्ग गरी नयाँ कार्य समिति पनि गठन गरिएको थियो । जसमा अध्यक्ष बलराम लामा, उपाध्यक्ष प्रर्ज बहादुर भुजेल, सचिव मनोज कुमार थापा, कोषाध्यक्ष फडिन्द्रमान वि.क, सह–सचिव माधव न्यौपाने, सदस्यहरु, माया वि.क., निला गुरुङ्ग र सल्लाहकारमा दुर्गा प्रसाद अधिकारी, जिते तमाङ्ग आगामी दुई बर्षे कार्यकालको लागि चयन भएका थिए ।

Post a Comment

 
Top