लमजुङ्ग जिल्ला चन्द्रेश्वर गा.वि.स. ७ देवतापानी, दूराडाँडाका गीतकार ÷ साहित्यकार श्री तीर्थराज अधिकारीद्वारा रचित गीतहरुको भि.सि.डि. ‘लमजुङ्गको सम्झना’ प्रकाशन हुने भएको छ । यहि आषाढ २८ गते आदिकवि भानुभक्तको द्विशतवार्षिकीका सन्दर्भ पारेर बेसी सहरमा विमोचन हुन गइरहेको उक्त भि.सि.डि.मा गीतकार अधिकारीद्वारा रचित ४ वटा गीतहरु समावेश गरिएको छ । रचनाकारकी धर्मपत्नी श्रीमती सीतादेवी अधिकारीद्धारा निर्माण गरिएको उक्त भि.सि.डि. मा पहिलो गीत लमजुङ्गको यादमा रहेको छ । वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र लोकगायक पद्मराज ढकालको स्वर रहेको सो गीतको संगीत संयोजन संगीतकार धनवहादुर गुरुङ्गले गरेका छन् । १२ मिनेट ३० सेकेण्ड लामो यो गीतमा लमजुङ्गका अधिकांश ठाँउहरुको रोचक ढंङ्गले वर्णन गरिएको छ । मुनामदनको जस्तै झ्याउरे लयमा गाइएको यस गीतको संगीत संयोजन उत्कृष्ट रहेको र गायक गायिकाको सुललित मीठो स्वर अनि लमजुङ्गका रमणीय÷पर्यटकीय स्थलहरुको सुन्दर दृष्यका कारणले गीत सुनिरहुँ ÷ हेरिरहुँ लाग्दछ । दोश्रो गीत नेपालीको लोकपृय संस्कृति असारे भाकामा रचिएको छ । यस गीतमा लोक गायक पद्मराज ढकाल र गायिका सावीत्री शाहीको स्वर रहेको छ । जसमा संगीत संयोजन पनि धन वहादुर गुरुङ्गले गरेका छन् । स्मरण रहोस लोकगायिका हरिदेवी कोइरालाको गायन यात्रा लमजुङ्ग बसाइका क्रममा नै सुरु भएको हो र संगीतकार धन वहादुर गुरुङ्ग र सावित्री शाहीको जन्मस्थान पनि लमजुङ्गनै हो । यसैगरी तेश्रो गीत ‘सुसेलीले बोलाउँ भने’ मा गायक उज्ज्वल भण्डारी र चौथो गीत ‘जाने भए मात्र’ मा गायक काजी गाउँलेको स्वर समावेश गरिएको छ । ४ वटै गितहरुको छायांकन गरी प्रकाशन हुन लागेको यो भि.सि.डि.को शिर्ष गीतमा लमजुङ्ग जिल्लाको पुरै भाग समेटिएको र अन्य गीतहरुले नेपालको संस्कृति संरक्षणको अभियानमा महत्वपूर्ण स्थान राख्न सक्ने हुनाले साच्चैनै मातृभूमिको प्रेमले ओतप्रोत भएको यो संकलन ‘लमजुङ्गको सम्झना’ नेपाली संगीतको भण्डारमा एउटा उत्कृष्ट साङ्गीतिक कोसेली हुनेछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment