0

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले यातायात पेशालाई समयानुकुल बनाउँदै सिंगो पेशाको जगेर्ना गर्नु पर्नेमा जोड दिएका छन् । शुक्रबार पोखरामा आयोजित सवारी चालक तथा परिचालक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सोचाई र ब्यवहारमा परिवर्तन गरी तालिमबाट सिकेका ज्ञानलाई उतार्न यातायात मजदुरलाई अनुरोध समेत गरे ।
यातायात ब्यवस्था कार्यालय गण्डकीद्वारा आयोजित उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी राउतले पोखरा पर्यटकीय शहर भएकोलेपनि यहाँको परिचय यात्रुहरुको सेवा, मिलनसार ब्यवहार, शिष्टता र पेशा कै सम्मान भएकाले चालक, सहचालक र ब्यवसायीले सेवामा नयाँ पन दिनु पर्नेमा जोड दिएका थिए । यातायात ब्यवस्था कार्यालयका प्रमुख देवीराम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघको सहयोगमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङले जानकारी दिए । निजी क्षेत्रले धानेको पेशालाई सरकारको वेवास्ताका कारण पेशा नै अपमानित हुँदै आएकोमा अधिकांश बक्ताहरुले आक्रोश ब्यक्त गरेका थिए ।
सूर्यमणि लामिछानेको स्वागत मन्तब्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले यातायात क्षेत्रलाई वयवस्थित वनाउन नम्रतापूर्ण सेवा नै पेशाको सफलता भएको बताए । प्रशिक्षण कार्यक्रममा यातायातका प्रमुख देवीराम भण्डारी र जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद अर्यालले कार्यपत्र प्रस्तुत समेत गरेका थिए । सो कार्यक्रम नौलो र यातायात क्षेत्रकै सम्मान भएकोमा सरकारलाई धन्यवाद दिँदै सानो आकारमा प्रशिक्षण नभै ठूलो आकारमा मजदुरको सहभागितामा कार्यक्रम गर्नु पर्ने पृथ्बीराजमार्ग वस सञ्चालक समितिका सचिव योगेन्द्र केसीले बताए । कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्मा, स्थानीय श्रृङ्गा बस समितिका केदार पौडेल, ट्याक्सी समितिका गान्धीराज गिरी, मजदुर नेता जीतबहादुर गुरुङ, ज्ञानु केसी, ड्राइभिङ स्कूल संघका मोहन गुरुङ, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, यातायात क्षेत्रका विष्णु केसी लगनयतले पोखरामा सञ्चालन भएका सवारी साधन र ब्यवस्थापकले सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top