0
पोखरा २१ असार ।
मिसा खल कास्कीको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ । नेवाः खल कास्कीको तत्वाधानमा सम्पन्न अधिवेशनले शान्ती उदासको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । अधिवेशनले ३ जना उपाध्यक्ष चयन गरेको छ जसमा मेनुका श्रेष्ठ, बकावली शाक्य र शक्ति प्रधानाङ्ग रहेका छन् ।
त्यस्तै सचिवमा संगीता बज्राचार्य, सहसचिब निरा श्रेष्ठ, कोषाध्यक्ष कल्याणी श्रेष्ठ चयन भएका छन् । यसैगरि सदस्यहरुमा अन्जु बाटाजु, पुण्यलक्ष्मी लाभाजु, मनलक्ष्मी श्रेष्ठ, देविका श्रेष्ठ, रेबिका श्रेष्ठ, समिता श्रेष्ठ, सबिना बिजुक्छे, सोनी ढेवाजु, ललिता श्रेष्ठ, आरती श्रेष्ठ, सरस्वती श्रेष्ठ हेम्जा, मिरा श्रेष्ठ, सरस्वती श्रेष्ठ पस्र्याङ्ग र रजनी श्रेष्ठ चयन भएका छन् ।
यसअघि नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले अधिबेशनको उद्घाटन गर्दै राजनीतिक रुपमा जुनसुकै बिचार र सिद्धान्त बोकेको भएपनि सबैभन्दा पहिले हामी नेवार हौं, नेवारी संस्कृति र संस्कारको जगेर्ना तथा प्रबद्र्धन हाम्रो पहिलो दायित्व हो भन्ने कुरालाई भुल्न नहुने कुरामा जोड दिए । सो अवसरमा बोल्दै नेवा खल कास्कीका उपाध्यक्ष तथा निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठले पुराना हटिया एवम बजार बस्ती बसालेर पनि बढ्दो आधुनिकीकरणको चेपुवामा परेर नेवारी संस्कृति अनुरुपको घर र बस्तीका अस्तित्व संकटमा परेको गुनासो गरे । कार्यक्रममा मिसा खल कास्कीका नवनिर्वाचित अध्यक्ष शान्ति उदासले कुनैपनि परिवर्तनका लागि महिलाहरु एकजुट भएर अगाडि बढ्नुको बिकल्प नभएको कुरामा जोड दिइन । उक्त अवसरमा नेवाः खल कास्की कार्यसमिती सदस्य तिर्थ श्रेष्ठ गोशली, सोनी ढेवाजु, मेनका श्रेष्ठ, बकावली शाक्य, नेवाः खल कास्कीका उपाध्यक्ष गणेश बहादुर श्रेष्ठ, सहसचिब राजेन्द्र श्रेष्ठ, भिम बहादुर शाही, सनकमान बाटाजु लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले हालै पोखरा गणेशटोलमा करेन्ट लागेर दुबै हात गुमाएका लामाचौर निबासी सुमित रञ्जितको उपचार सहयोगार्थ रकम संकलन गरि सहयोग गर्न आग्रह गरेका थिए ।

Post a Comment

 
Top