तनहुँबाट सुरु भएको छ । भदौ २१ र २२ गते पोखरामा हुने महाधिवेशनका लागि महाधिवेशन मूल आयोजक समितिले बुधबार देखि सो अभियान सुरु गरेको छ । महाधिवेशन आयोजक समितिका संयोजक एवं प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले महाधिवेशन सुनिश्चितताको लागि पनि अभियान सुरु गरिएको जानकारी दिए । साथै यो अभियान देशव्यापी रुपमा सञ्चालन हुने उनले बताए । यो देशव्यापी हुने बताईएको छ । पराजुलीले महधिवेशनको लागि पोखरामा उपयुक्त भएको र त्यसको तयारी तीव्र भईरहेको पराजुलीले जानकारी दिए । त्यस्तै पराजुलीले श्रमजीवी पत्रकारहरुको हकहितका लागि समेत यो अभियानले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
नेपाल प्रेस युनियन तनहु शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा सहभागीहरुले महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनीहरुले विगतका महाधिवेशनका व्यवस्थापकीय कमजोरी देखिएकाले त्यस विषयमा ध्यान दिन आग्रह गरेका थिए । सो अवसरमा युनियन तनहुँका निर्वतमान अध्यक्ष डम्बर अधिकारी, पूर्व अध्यक्ष प्रदीप काफ्ले, नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, यूनियनका पार्षदहरु गोपालप्रसाद भण्डारी, वसन्त कंडेल, पुष्पराज आचार्य, युनियनका उपाध्यक्ष पवन पौडेल, सचिव सरोज पोख्रेल, सदस्य अमरराज नहर्की लगायतका महाधिवेशनका लागि सुझाव दिएका थिए । यसैगरी युनियनको आशन्न नवौं राष्ट्रिय महाधिवेशनका लािग अपेक्षा एवं सुझाव संकलन अभियानमा निस्किएका केन्द्रीय उपाध्यक्ष पराजुली धादिङ पुगेको बुझिएको छ । उनी बुधबार पोखराबाट तनुहँको दमौली हुँदै धादिङ पुगेका हुन् । धादिङका युनियनमा आवद्ध पत्रकारहरुसंग भेटघाट र छलफल गरी उनी बिहीबार काठमाडौं हुँदै पूर्वी जिल्ला तर्फ लाग्ने बताइएको छ । गोल्डेन न्यूज दैनिकको प्रकाशन संस्था सुनौलो पव्लिकेशनका कार्यकारी अध्यक्ष समेत रहेका पराजुली नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व उपसभापति हुन् । उनले युनियनको आशन्न केन्द्रीय महाधिवेशनमा ंकेन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बुझिएको छ ।

Post a Comment